~शान्ति शाह~
को हो रे को हो
मुटुमा मेरो माया भै बसेको
जहाँ नै जाऊँ जिन्दगी भरि छायाँ भई बसेको ।
झसङ्ग पार्ने एकान्त ठाऊँमा कोइलीको स्वरमा
पिरती लाउने बिहानी पख फूलेको फूलमा
को हो रे को हो रातमा मेरो जून भै खसेको
जहाँ नै जाऊँ जिन्दगी भरि छायाँ भई बसेको ।
खाएको छैन कसम कैले दुई हात थामेर
रोएको छैन गुनासो गरी अङ्गालो हालेर
को हो रे को हो परेली भित्र आँशु भै पसेको
जहाँ नै जाऊँ जिन्दगी भरि छायाँ भई बसेको ।
शब्द : शान्ती शाह
स्वर / सङ्गीत : बच्चु कैलाश