~कमल सरोवर~
घरी प्यारले घरी तरवारले हिर्काउछन्
हिर्काउन पनि अनेक प्रकारले हिर्काउछन्
अरे यार कसरी चित्त बुझ्छ मेरो गाउँलाई??
घरीघरी तिम्रै शहर बजारले हिर्काउछन्
कमजोर सोचिरहेँ तगडा होला सोचिएन
काँडा भन्दानि फूल कडा होला सोचिएन
जोड्न त सहजैले दिलसंग दिल जोडियो
दिलसंग दिलको लफडा होला सोचिएन
सोचिरहेछु हुरी आउँछ या आँधी थाहा छैन?
त्यसपछि हार दिलाउँछ या उपाधी थाहा छैन?
यो अवाभै अभावले यसरी सिमा नाघिदियौं कि”
यसले सज्जन बनाउँछ या अपराधी थाहा छैन?
घर छैनन् घडेरी छैनन् मौन बस्दा सरकार
कति दुख्छ गरीबको मन मौन बस्दा सरकार
यो देशले मुहार खै कहिले र कसरी फेर्लान्??
खाडी पुग्छ युवा जीवन मौन बस्दा सरकार
टाढै बाट दिनुछ आवाज गुजारा चलाउन
छोड्नै पर्यौं गाउँ समाज गुजारा चलाउन
रहरले त हुँदै हैन जीवन बगरलाई सुम्पेको
चढी आएथेँ पराय जहाज गुजारा चलाउन
भत्केको घर सम्झिदा घरको छत सम्झिदा
यो मन सम्हाल्नै गाह्रो हुन्छ हालत सम्झिदा
कमाउन त लाखौं करोडौं कति कमाए कमाए नि
बिडम्बना छाती पोल्छ यार बचत सम्झिदा
धादिङ भुमेस्थान-९, गैरीगाउँ
हाल- मलेसिया
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)