कविता : देश च्यातीन के बेर

~रुमानी राई~rumani-rai

हाम्रै अनुमतिमा
हाम्रै भर्‍याङ् टेकेर
हाम्रै सपना बोकेर
एकहुल बुख्याँचाहरु
भ्र्खरै,
उकालो चढे
र,अहिले उनिहरु
आधार शिविरमा छन्
र,विस्मृत झैं
आक्रोसित छन् एकार्कामा
आरोप-प्रत्यारोप छ एकार्कामा,
टेवलभरी सत्ता जुगुप्सा
स्वार्थ अभिप्रेरित कुर्ची लिप्सा
र, मैंमत्त अहंकार
षड्यन्त्रयुक्त तिलस्मी दस्तावेज छ,
छक्क पर्छु म-
उही पुरानै ईतिहास दोहोरिएको छ
उही पुरानै प्रवृत्ती देखिएको छ
उही पुरानै खेल खेलिएको छ
अफसोच!
बुख्याँचाहरुबीच दरार उत्पन्न भएको छ
गुटवन्दी सृजना भएको छ
सतीको सरापले छोएकै छ
माटोको कसम
शहिदको कसम
मेचीकालीको कसम
सुस्ताको कसम
बुख्याँचाहरुको लीलामा सपनाहरु टुक्रीन के बेर
आस्थाहरु भात्किन के बेर
देश च्यातीन के बेर!

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.