~अनुप्रिया गौतम~
प्रेममा समर्पण होस् त यस्तो…… उनि भन्दै थिइन त्यसपछि जीवनमा मैले अर्कोलाई रोजिन …..
सुन्दर जीवनको परिकल्पना कसले गरेको हुन्न ! राम्रो लाउने, घुम्ने, पाए कारै चड्न पाए हुन्थियो । शान सँग हिड्न पाए हुन्थियो । टल्केको जुत्ता सँग हिड्दा सबैको नजर आफैतिर परोस, बोल्दा सबैका कान ठाडा ह उ न अनि हास्दा सृष्टि हासुन । आहा ! कस्तो हुन्थियो होला ।
केहि गरेर नाम, दाम, शान अनि मान कमाउन कसलाई मन पर्दैन र ! सबैलाई पर्छ हो साच्चै पर्छ । मलाइ पनि परेको थियो त्यसैले त मेरा हरेक सपना आफ्ना लाग्दथे । एक्लो छोरी आमा बाबाको अन्जुलिमा हुर्के, बढे अनि पढे । सपना देख्नु पर्छ एक दिन त्यो साचो भ र आउछ भन्नु हुन्थियो बाबा ।
र, म भन्ने गर्थे मलाइ उ त्यो माथिको आकाशको तारा छुने इच्छा छ उहाँ हाँसेर भन्नु हुन्थियो अहिले तिमी सानै छेउ ठुलो भएसी छुलेउ । म यत्तिकै घरको आँगनमा माथि उफिंठे अलि छिटो ठुली हुन्छु कि भनि । किनकी मलाइ छिटो ठुलो हुनु थियो र त्यो माथि आकाशको तारा छुनु थियो । जब देखि सम्झनाहरु सगाल्न थाले वा यसो भनौ सम्झना सम्झिन थाले मलाइ मेरा इच्क्ष्य अपूर्ण भएको याद छैन । हरेक कुरा पूर्ण थिए र त म मा यत्ति आँट आयो हरेक सपना लाइ बिपनामा बदल्ने ।
यसरि बडो गज्जब सँग, रमाइलो सँग मेरा बाल्यकालीन समयले थाहै नपाइ युवाबस्थाको बस्तीमा निर्दोष पाइलाहरु टेक्न पुगेछु । मलाइ नै आभाष भएन कहिले कहिले म त निकै ठुली भएछु । बुहने भएछु । स्कुल सकेर कलेज जाने भए । फलामे ढोका पार गरि आएकोमा जुन खुशी प्राप्त भएको थियो त्यसको कुनै सीमा थिएन । नयाँ जीवन सुरु भएको अनुभूत हुँदै थियो । नजिकैको मानविकी कलेजमा एडमिसन भए । जीवनमा पहिले पटक कलेज टेक्दा मन, सरिर यसै यसै फ़ुरुङ्ग थे । र, अलिकति कता कता अप्ठेरो नि लागिरहेथ्यो । बिस्तारै एडजस्ट भए नयाँ साथि, नयाँ ठाउँ अनि नयाँ वातावरण । चंचलित मन त्यसै उडी उडी हिडे जस्तै लाग्थे ।
एक दिन कलेजमा बास्केटबा प्रतियोगिता हुनेभो जुन मलाइ असाध्यै मन पर्ने खेल हो । अब आफु पनि कलेज मा ताइफ़ाइ गर्न सक्ने भैसकिएको थियो । मैले नि साथीहरु सँग भाग लिए । खेल यत्ति गज्जबको भो कलेजको इतिहासमै यो पहिलो राम्रो खेल भनेर खुब चर्चा कमाइयो आफु चर्चित भइयो । मन झन् फ़ुरुङ्गै भो । के के न जिते झैं भो । उम्लिएको उमेर संगैको जोश सबैमा थियो । सत्र अठार को उमेर नै उस्तै त हो । यस बेला सयल पनि घोर्ले हुन्छ रे । बास्केटबल राम्रो खेल्ने क्याटगोरी मा परियो । हुन् त म स्कुल देखि नै राम्रो खेल्थे । चर्चाले शीखर चुमेसी केटाहरुको आँखामा पनि चर्चित नहुने त कुरै भएन ।
राम्रो हाइट, स्लिम सरिर, चौडा अनुहार, लोभ लाग्दो आँखा, सुन्दर ब्यबहार, मिठो बोलीले कस्को मन हर्देन ! हो पक्कै हर्छ । अक्सर केटीहरुमा हुनु पर्ने गुण इनै त हुन् । केटाहरुमा सलक्क परेको सरिर, बडीको पार्टस देखियोस, हँसिलो , रसिलो अलिअक्ति अग्रिसिव, कसै सँग नडराउने यसो भनौ निडर, मनको सफा । हो यस्तै त थियो उसको ब्यबहार । जसले मलाइ बार बार सोच्न बाध्य बनाउथियो । कहिले काहीं कुरा हुँदा म तिमी भन्दा अर्को सँग बिहे गर्दिन भन्थियो, म चुप चाप लजाउथे मात्र । मेरो सपना देशलाई माथि उठाउने । समाजलाई सचेत बनाउने । केहि गर्नु पर्छ भन्ने थियो जुन कुराले म प्रभावित भयेकिथे । उफ्फ़…. उसले प्रस्ताब गरेर समय दिएको दुइ हप्ता नि सकिन लाग्यो मन अझैं नि के गरौ गरौँ मै अल्झिरहेको छ । हे ! प्रभु मलाइ सहि निर्णय गर्ने शक्ति देउ म यस्तै भन्थे भगवान सँग प्रार्थना गर्थे ।
मेरो सोच पहिले ब्याचलर गर्ने अनि बल्ल बिहेको कुरो सोच्ने । सकेसम्म आफ्नो खुट्टामा उभिएर । यसो गरे भोलि भविष्यमा कुनै आपत्ति भोग्नु पर्ने छैन । तर, उसले दिएको समय सकी सक्यो अब आज त मैले भन्नु छ उसको प्रेम प्रस्ताब को उत्तर दिनु छ । रातभर निन परेन । जीवनमा पहिलो पटक रात यति बिग्न लामो लाग्यो । कलेज जाने समय भैसक्यो निर्णयका पोका के भनौ भन्नेमै छ । त्यो दिन त खाना नि खान मन लागेन । येसो भनौ भोकै लागेन । कलेज हिडे खुट्टाका छाल कता कता नौलो लाग्दैथे । अपरिचित लाग्दैथे । सधै रमाएर हिडिरहेको बाटो बिरानो लाग्दैथियो । उनी छेउ छाउका फूलहरुले नि जिस्क्याए झैं लाग्यो ।
जब कलेज ढोकाको गेट घद्र्यक्क बज्यो मन मुटु शीकारिले शीकार लाइ गोलि ताक्दा गलत निशाना परि उ तर्से झैँ म तर्सिए । जति कक्ष नजिक पुगे उति उति स्वास प्रस्वास र मुटुको धड्कन बदना थाल्यो । सधै चरा झैँ फ़ुरुङ्ग भै छिर्थे कलेज आज यस्तो अनुअथो लाग्यो । ओरि परि सबै चिज ले मलाइ नै हेरिरहे जस्तो लाग्यो, जिस्क्याई रहे झैँ लाग्यो । मीथिल्लो तलाको कर्नरमा चोर आँखाले हेरे । धन्य भगवान आज उ त्यहाँ रहेनछ नत्र म यसरि कलेज प्रवेश गर्दा उ त्यहीं कर्नर बाट हेर्ने गर्थियो । अच्चम नि लाग्यो र आनन्द नि । डर नै अलि कम भए जस्तै लाग्यो । मन अलि ढुक्क नि भयो । सरासर अघि बढे तर आज कलेज मा अर्कै सुनसान केहि भए जस्तै अनौठो छ किन होला खोइ !
क्लासमा छिरे साथीहरु मुखामुख गर्दैथे । म झन् अच्चम्म परे सोधे साथीलाई के भयो रेणुका ? उसले झन् छक्क पर्दै भनि ल तिमीलाई थाहा छैन दिनेशको नराम्ररी एक्सिडेन्ट भएछ बाइकमा अन द स्पट डेड यो वाक्य सुन्ने सकिन सारा सरिर लालक लुलुक भए थचक्क बसे बेन्चमा ओ माइ गड मात्र भने अरु बोल्न सकिन ! अह पटक्कै सकिन , मन भित्र चट्याङ्गले हाने झैं भो । सरिरका रक्तसंचार वेनहरु ले काम गर्न छोडे झैं लाग्यो । संसारै अँध्यारो भएर आयो ।
चकमन्न चारैतिर ……. केहि देखिन कतिखेर घर पुगेछु थाहै पाइन् । जिन्दगीको कथा यहीं रोकिए झैं लाग्यो । बल्ल पो अनुभूत गरे म नि उसलाई प्रेम गर्थेछु अन्जानमै त्यस गहिराइमा पुगिसकेकी रहेछु । पलभरको लागि मर्न मन लाग्यो आफैलाई समाप्त गर्न मन लाग्यो तर फेरी यस हुरी बाट बाहिर निस्केर हेरे उसको सपना लाइ सम्झे, सोचे , देखे अनि मनन गरे अब म यहीं उसको सपनालाई पुरा गर्ने छु । साकार पार्ने छु । मेरो सारा जीवन समाज र देश उन्नातिमै लगाउनेछु ….. संकल्प गरे अब म यसै गर्नेछु …. यस्तै सोच्दै कतिखेर उसको सपना स्नागे कतिखेर निदाएछु ….. ।
अनुप्रिया गौतम
काठमान्डू नेपाल !
(स्रोत : नारीदर्पण डट कम)