~अम्बिका कार्की~
मलाई माया गर्ने पति पाउँदा हर्ष विभोर थियँ उ जागिरे थिए म भने घर बसेर बुढा भएको सासू ससुराको स्याहार सम्हार र घरको रेखदेख गर्थें दिनेश प्रत्येक पन्ध्र दिनमा घर आउने गर्दथे घर आउँदा एउटा झोला सकि नसकी बोकेर ल्याउँथे ।गाउँघर तिर साथी संङ्गी सबैले जिस्क्याउँथे। ” लक्ष्मी तँ कति भाग्यमानी होस् ।दिनेशले घर आउँदा झोलाभरी सामान ल्याउँछ ।तँलाई के ल्याईदियो नि?” तर म भित्र दिनदिनै पीडा थपिएको कुरा मेरा संङ्गिलाई के थाहा? उ प्रत्येक पटक घर आउँदा परिवर्तन थियो ।पन्ध्र दिनमा घर आउँदा धुनको लागि झोला भरी मैला कपडा बोकेर आउँथे ।घर आएर पनि फोनमा झुण्डिएर बस्थ्यो।
एकदिनको कुरा हो मैले उसलाई बोलाएँ ” दिनेश सुनन ” उ सिरियस बिरामी झैं बन्यो र भन्यो ” हुँ ! मलाई कस्तो टाउको दुखेको छ यार ” म हत्तारिदै भिक्स झिक्न उठें र भिक्स ल्याएर उसलाई बेडमा ढल्किन आग्रह गर्दै हातमा भिक्स लियर टाउको निधार मसाज गर्दिन लागेँ ।त्यो दिन दिनभरी खेताला लगाएर बेसि खेत तिर डोकोमा मल ओसारेकी थियँ।मलाई मेरो थकानको महसुस भएको थिएन अनि मालिस गरिदिदै सोधेँ ” कस्तो छ अहिले तिमिलाई ?” उअसले भन्यो ” उम अल्लि ठिक जस्तो भएको छ” म मालिस गरिदिदै उसका अनुहार नियाल्दै थियँ दिनभरको थकानले आँखा बटारिन लागे अनि सुतेँ। पछि पनि घर आउँदा उसले क्रमिक रुपमा म सित टाढिदै कहिले के भएको छ कहिले के भन्दै म शीत नबोलिकन मोबाइल चलाएर बस्थ्यो ।म पुर्ण बिस्वस्त थिएँ आफ्नो पति प्रती र आफ्नो घर,सासू ससुरा प्रतिको कर्तब्य ,खेतीपाती यी सबै धानेकै थियँ ।दिन बित्दै गएका थिए तर हाम्रो सम्बन्ध खस्कँदो रुपमा बिग्रदों देख्दा मनमा हरेक कुरा खेल्थे ।दिनेश साच्ची नै परिवर्तन थिए तरपनी हामिमा भनाभन भने खासै भएको थिएन ।
नयाँ बर्षको दिन थियोे ।दिनेश घरमा आएको थियो ।बालाई दमले चापेकोले मैले भनेँ ” तिमी बालाई लिएर अस्पताल जाउ म घर धन्दा गर्छु “उसले बा लिएर जचाउन लगेर गयो र जचाएर दवाई लिएर केहीबेरमा आयो त्यतिबेला म रुखमा चढेर बाख्रालाई घाँस काट्दै थियँ अचानक हसिया हातबाट झरेर मेरा आफ्नै खुट्टामा लाग्यो ।म चिच्च्याएँ ” ऎया आमा मरें ” छिमेकिले सुनेर दौडेर आए दिनेश पनि आएको थियो अनि मलाई बोकेर घर ल्याए ।त्यो बेला पनि उ मेरो नजिक थिएन ।मायाले लक्षु भन्ने गर्थ्यो तर त्यतिबेला कसरी यस्तो भो लक्षु समेत भनेन ।छिमेकी दिदिले बेटाडिन कटनमा चोप्दै घाउ सफा गरिदिनुभयो र भन्नू भो “ओ दिनेश जा डक्टर लिएर आइज टाँका लगाउनु पर्छ “अनि दिनेश बल्ल कोठामा आए दिदी यस्सो बाहिर निस्किदिनु भयो उ कपडा बदल्न लाग्यो ।त्यतिबेला मोबाइल हाप प्यान्टको गोजिबाट झिकेर बेडमा राखेको थियो अनि प्यान्ट टिसर्ट लगाएर डक्टर लिन गयो ।खै! कसरी मोबाइल भुलेछ ।त्यतिबेला मेरो घाउमा रगत थामिएको थियो त्यसैले अरु छिमेकी घर तिर लागेका थिय म संग दिदी मात्र हुनुन्थ्यो त्यतिकैमा दिनेशको मोबाइलमा घण्टी बज्यो ।श्रीमती हुँ भनेर कुरा गर्छु को रहेछ भनेर फोन उठाएँ ।
मैले हेल्लो भन्न नपाउँदै उताबाट केटि मान्छे एकोहोरो बोली र भन्न लागि ” आज नयाँबर्ष साथीहरू संग घुम्न जान्छु है बुढा भनेर बल्ल बल्ल इमो कल गरेर मनाएकी छु तिमी कता हो दिनेश?हामी त्यही पार्कमा भेट भएर इलाम जाने भन्या होइन?कति दिनको छुट्टी लियौ? घर खर्च भयो भन्दै मैले पनि ५०/६० हजार जम्मा गरेकी छु ।अनि सुनन बुढासित न्यु यियर गिफ्ट मागेकीपनि छु ।तिमी संङ भएको मिलाउँदा पुग्लानी ? दश बार्ह दिन घुम्नु पर्छ ।छिट्टो आउ अहिले पुर्बको गाडी पाइदैन ।पार्क अगाडि हामिले खाजा खाने होटलमा पर्खेर बसेकी छु छिट्टो आउ ” यति सुनेर मैले फोन काटीदिएँ। दिनेश डक्टर लिएर आइपुगेको थियो ।डक्टरले टाँका लगाए दवाई दिएर गए। दिदीपनि जानुभयो। दिनेशले हतार -हतार मोबाइल लिएर हेर्यो ।
म बेस्सरी रोएँ अनि उ निस्केर गयो ।त्यसै दिन देखि झनै जाँगर मरेर आयो यो स्वार्थी दुनियाँमा कस्को विश्वास गरौं ?समाजमा देखावटी रुपमा सम्बन्ध बचाएर मात्र पनि जिन्दगी नचल्ने रहेछ भन्ने लाग्यो ।दिनेश सङ प्रतक्ष कुराकानीमा पनि उ आफ्नो गल्ती स्विकार्दैनथ्यो त्यसैले सम्बन्ध बिच्छेद गर्ने निर्णय लिएँ ।खै! सहि हो या गलत निर्णय जिउँदो लास भएर कतिञ्जेल बाचुँ?उ अलिकती पनि बिचल्लित थिएन ।सम्बन्ध बिच्छेदमा उ राजी थियो अनि चलिरहेको सम्बन्ध टुटाएर अहिले म गाउँमा नै महिला स्वास्थ्य स्वमं सेविकाको काम गर्छु ।दिनेशले त्यही आईमाई ल्याउने सोच थियो कि के थियो कुन्नी ? गलत हो कि सत्य हो थाहा त भएन तर त्यो आइमाईले तिमी त मेरो टाइमपासको लागि थियौं म मेरो घरबार बिगार्न सक्दिन मेरो लभ म्यारिज हो मेरो श्रीमान बिदेश छ उसलाई धोका दिएर तिमी संङ आउन सक्दिन भनेकी थिई भन्ने सुनेकी थिएँ त्यही कारणले हिजो आज उ सित सम्बन्ध छैन भन्ने सुनेकी थिएँ । पति पत्नी बिचको सम्बन्धमा एउटा अटुट बिश्वासको बन्धन हुन्छ ख्याल ख्यालमा त्यो बन्धनको गाठो खुकुलो कसैको नहोस् अनि म जस्ता सम्बन्ध बिच्छेद गर्न बाध्य हुने लक्ष्मीको जन्म यो धर्तिमा नहोस् भन्ने आग्रह गर्दछु ।
– अम्बिका कार्की “अमु ”
सर्लाही हाल भरतपुर, चितवन
(स्रोत : नारीदर्पण डट कम)