कथा : मेरो लोभी मन

~सरला अर्याल~

जिन्दगीका बाटा कती बदलिए, समयले कती काचुली फेर्यो तर सानै देखी आमाको हात समाउदैइ साझ पख एक-डेढ घन्टा हिड्न लागेकोबानी अहिले सम्म पनि चलिरहेको थियो ।

देश छोडी बिदेश, बिदेश पछी स्वदेश र जती नै बेफुर्सद हुँदा पनि साझ पखको एक -डेढ घन्टा आफ्नो लागी मिलाएकै हुन्थे । यसरी साझमा हिड्ने बानिले आफु स्वस्थ्य रहन सहयोग पुराएको आभास हुने र निकै सन्तुस्टी मिल्ने भएकोले निरन्तरता दिन चाहानु स्वभाबिक नै थियो | पछिल्लो दिनहरुमा अलि धेरै कामको ब्यस्तताले गर्दा निस्चित समय र एउटै गन्तब्य (बाटो) लाई निरन्तर पछाएकी थिए ।

सधै जसो मोबाइलमा गीत बजाएर इएरफोन लगाइ म्युजिकको सुर-ताल मा आफुलाई हिडाउने बानी नै भइसकेको थियो ।एक दिनको कुरा हो सम्योग बस म मेरो यात्रा मा निस्किदा मोबाइल घरैमै बिर्सिन पुगेछु ।त्यो दिन कानमा म्युजिक नबजेकोले मेरो हिडाइ अलि अनौठो जस्तो लागेको थियो मनमा आफ्नै जिन्दगीको बारेमा कुरा खेलीरहेका थिए भने आँखा यताउती घुमिरहेका थिए । यसरी हिडिरहेको बेला घुमिरहेका आखा अकस्मात कसैको सुन्दर बगैचामा ठोकिन पुगे र म टक्क रोकिए । एक छिन पछी त्यो बगैचाको अलि नजिक पुगी निकै बेर अबलोकन गरे । त्यस बगैचामा रंगी चङि बिरङी फुलहरु मुस्कुराइ रहेका थिए । फुलको आकर्षर्णले बिभिन्न कलरका पुतलीहरु नजिक नजिक घुमिरहेका देखिन्थे । साना-साना चराहरु चिर बिर चिर्-बिर कराइरहेको आवाज सुनिन्थ्यो ।कृतिम तरिका बाट पानी सररररर…….. छरिएको थियो ।

साझ पखको घामको किरण पानीको छराइमा परेर कतै कतै इन्द्रेणिको रङ पनि देखिन्थ्यो त्यहाँ यती धेरै मनमोहक थियो कि बरण गरेर साध्य नै छैन । त्यस बगैचामा कुन कुन जात र कती प्रकारका फुलहरु मुस्कुराइरहेका थिए चिन्न र गन्न म असमर्थ नै भए तर एक पछी अर्को, अर्को पछी अर्को फुलको सुन्दरतालाई नियाली रहेकी थिए ।त्यस्तो सुन्दरता भित्र पनि एक अलि अग्लो बोटमा अलि अरु भन्दा भिन्न प्रकारको सुन्दरताले भरिएको फुल रहेछ त्यसले मेरो मन अलि धेरै लोभ्याएको भान भयो मलाई!त्यो फुलको सुन्दरताले आफुलाई उसैतिर तानिरहेको जस्तो लाग्थ्यो ।फुलको सुन्दरतामा चुर्लुम्मै डुबेर कल्पनाको भुमरिमा घुम्दै थिए क्यारे कुकुरको आवाजले मलाई झसङग पार्यो र म अगाडी बढे । भोलि देखि त्यो बगैचाको सुन्दरता आखा अगाडी घुमिरहन लाग्यो ।

मन मनै सोच्थे यो बगैचा यसरि सजाउन कती लामो प्रयास , मुल्य र मिहेनत चुकाउनु परे होला । केहि दिन पछी त मलाई मेरो कानमा बज्ने म्युजिक को धुन नमिठो लाग्न थाल्यो किन कि म त्यो बगैचाको सुन्दरताको कल्पनामै रमाउन थाले । जब म त्यो बगैचाको नजिक पुग्थे आफ्नो हिडाइलाई रोकेर त्यो बगैचामा आफ्नो नजर डुलाउन निकै आनन्द आउथ्यो । बिस्तारै बगैचाको सुन्दरता भन्दा पनि त्यहाँ भएको एउटा भिन्नै सुन्दरताले भरिएको फुलले मलाई आकर्सण गरेको रहेछ । यस्तै चल्दै जादा त्यही भिन्न प्रकारको सुन्दर फुलको अलि धेरै याद आउन थाल्यो । कती बेला देखु जस्तो पो हुन लाग्यो । निन्द्रा कम लाग्ने र सपनिमा पनि त्यही फुल सँग रमाउन थाले ।

सोच्थे यस्तो सुन्दर फुल आफ्नो भइ दिएको भए आहा!!!!मेरो आखाले देखी रहेको छ कसैको कम्पाउन्ड भित्र बगैचामा मुस्कुराइ रहेको फुल ! र मैले राम्ररी बुझेकी छु कसैको बगैचा बाट फकृएको फुल चुड्नु अपराध र पाप हो । खै म पागल प्रेमी बनेछु क्यारे मैले त्यो फुल जसरि भए पनि टिप्नु पर्छ भन्ने सोच्न लागे । कसैको कम्पाउन्ड भित्र सुन्दर बगैचामा फकृएको फुल टिप्नु सहज थिएन मेरो लागी । तर अब त्यो फुल नचुड़ी मेरो आत्म नमान्ने नै भयो ।लाथ्यो त्यो फुल टिपे पछी मलाई सन्सारकै सबभन्दा ठुलो खुशी र आनन्द मिल्ने छ । यती बेला म मेरो आफ्नो लागी यती स्वार्थी बने सबै कुरा बिर्सेर त्यो फुल जसरि भए पनि टिप्ने आत्मै देखी निणय गरे ।

कसैले नदेख्ने गरी ,कसैले थाहा नपाउने गरी त्यो सुन्दर बगैचाको आकर्षक फुल टिपी आफ्नो बनाएर आफु सन्सारकै खुशी र सुखी बन्ने मेरो योजना अनुसार एक दिन रातको बाह्र बजे सुतिरहेको अवस्था बाट जुरुक्क उठी आफुलाई सिंगार पट्टार गरी भएको सबै भन्दा राम्रो पोसाकमा चिटिक्क सजिएर बिस्तारै घरको ढोका खोली बाहिरीए । मध्य रात सुन-सान थियो आकाशमा ताराहरु टिल-पिलाई रहेका थिए ।बाटोमा मधुर बत्ती बलिरहेको थियो ।म कसैले देख्लाकी भनि अलि हतारिदै बगैचा तिर लम्किन थाले । सोची रहेकी थिए मेरो योजना सजिलै पुरा हुने छ र मैले चाहेको खुशी र आत्म सन्तुस्टी हात पार्ने छु ।मनमा खुशि र उत्साह बोकेर कती छिट्टै बगैचाको छेउमा पुगेछु पत्तै पाइन ।

वरिपरी काडेतारले बारेको बिचमा ठुलो गेट बन्द थियो ।यसरि सुरक्षित साथ बन्द गरेको बगैचा बाट सुन्दर फुल टिप्नु मेरो लागी चुनौति(असम्भब) हो भन्ने बुझ्दा पनि मैले आफुलाई रोक्न सकिन । असम्भब भन्ने केहि हुँदैन भन्दै त्यो काडेतारबाट बिस्तारै भित्र छिर्ने प्रयास गरे । काडेतारले मलाई कता कता चितरो कपडा च्याति दियो त्यतातिर मैले मेरो ध्यान मोडिन निरन्तर भित्र छिर्ने प्रयास गरी रहे सायद मलाई भागवानले साथ दिए क्यारे म बगैचामा छिर्न सफल भए ।मलाई कसैको डर लागेको थिएन मानौ कि त्यो मेरो आफ्नै थियो यसरि कसैको सुन्दर बगैचामा सुटुक्क छिरेर आफुलाई लोभ्याएको भिन्दै प्रकारको सुन्दरताले भरिएको फुल चटक्क चुडेर मेरो हातमा लिएकी मात्र थिए पछाडी बाट एउटा सानो पप्पि( कुकुर्) ले मेरो कपडाको फेरो झम्टिन आयो म फरक्क फर्केर मेरो खुट्टाले त्यसलाई हिर्काउदै थिए अकस्मात अग्ली सलक्क परेकी एक सुन्दर युबती मेरो अगाडी उभिएको देखे पछी म सपना बाट ब्युझिएको जस्तो झसँग भए ।डरले \
l,hjखुट्टा काप्न थाले ।

उनले मलाई सोधी रहेकी थिइन तिमी को हौ ? उनलाई उत्तर दिने मेरो आफ्नो परिचय थिएन ।र मैले बिस्तारै उनलाई सोधे तिमी को ?उनी मलाई यसरि भनिन्, म यो मेरो बगैचाको माली । तिमी एक् नारी भइकन अर्काको बगैचा कसरी भत्काउने आट गर्यौ ? नारी त एउटा दया र करुणाको खानी भनेको सुनेकी थिए तिमी जस्तो निर्दयि पनि नारी हुदो रहेछ । उनका यि शब्दहरु मलाई इटाले हानेको जस्तै दुख्दै थियो बोल्न केहि सकेकी थिइन आखा बाट आसु झर्दैइ थियो ।मैले चुडेको त्यो भिन्नै प्रकारको फुल मेरो हातले थाम्न गार्हो भएको थियो आफ्नो गल्तिको महसुस गर्दै थिए ।

उनि आखाबाट आसु बरबर खसाल्दैइ मैले चुडेको सुन्दर फुल देखाउदै भनिन यो फुलको बोट मलाई मेरो बुवा-आमाले म सोर्(१६) बर्ष को हुँदा उपहार स्वरुप दिनु भएको थियो । मैले यसलाई फक्राउनलाई कती हसिया खियाए, कती कोदाली बजारे ,कती लामो प्रतिक्षा गरे , कती मानसिक तनाब सहे । यो मेरो निकै ठुलो मेहनत र प्रयासको प्रतिफल हो ।र आखा बाट आसु पुछ्दै भनिनी तिमीले मन पराएछौ यसलाई चुडेर अन्त नसार बरु तिमी नै यो बगैचाको माली बन्न सक्नेछौ ।

मैले जसरि यो बगैचा सजाएकी छु तिमीले यो भन्दा कमी हुन नदिनु भन्दै थिइन मलाई मेरो गल्तिले आत्मगलानी भइ मुटु भटक भटक भड्किरहेको थियो । बिस्तारै ब्रमान्ड नै घुमे जस्तो लागो ।उनको मधुर स्वरका ति शब्दहरुले म खुट्टा टेक्न नसकी थुचुक्क बस्न पुगेछु । र उनलाई गेट खोली दिन आग्रह गरे । उनले पनि सुरुक्क पोल्टोबाट चाबिको झुत्तो निकाली ढ्याग्ग्रङ गेटको ढोका खोली दिइन ।म केहि नबोली मैले चुडेको त्यो सुन्दर फुल उनको हातमा राखी पस्चातापको ज्वाला हृदयमा दन्काउदै लुसुक्क गेट बाहिर निस्के । बिहानी भइसकेको रहेछ । झलमल्ल घाम लागिरहेका थिए ।

बाटोमा मानिसहरुको घुइचो थियो । काडेतारले मेरो सरिरको कपडा च्याती नग्न पारेको मेरो सरिर, पस्चाताप र आत्म गलानी ले भरिएको मुटु लिएर लुसुक लुसुक हिड्दै थिए, मानिसहरुको नजर म तिरै थियो खै के सोच्दै थिए कुन्नि! म आफ्नो लाज पचाउन आफ्नो दुइ हत्केलाले अनुहार छोप्दै आफ्नो बासस्थान तिर फर्किए । अर्काको सुन्दर बगैचा राम्रो देख्ने मेरा यि पापी आखा र कसैको बगैचामा मुस्कुराएको फुल आफ्नो बनाउन खोज्ने उफफफफ “यो मेरो लोभी मन” !!!

सरला अर्याल
गुल्मी , हाल इजरायल !!

(स्रोत : नारीदर्पण डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.