~किरण खरेल~
हृदय भरीको मेरो शुभकामना तिमीलाई
मेरो उमेर लिएर तिमी धेरै बर्ष बाँच
म तिम्रो आँसी लिन्छु, तिमी सुख सँग हाँस ।।
हिजोको दिन बिती सक्यो, हिजो त एक काहानी हो
आजै हामी बाँच्नु पर्छ, यो आउने बिहानी हो
अँध्यारो मै रम्द छु म, तिम्रो छेउ बत्ती बलोस्
भोली फेरी लाग्ने घामले तिम्रो आँगन झलमल होस्
हृदय भरीको मेरो शुभकामना तिमीलाई ।।
जीवन हो यो जीवनमा धेरै थोक खप्नु पर्छ
छातीले आँधी रोकी चुपो लागि बस्नु पर्छ
पिर जती छ म लिन्छु तिमीलाई खुशी जाउन
तिमी हिँद्ने बाटो भरी बासन्ति फूल झरून
हृदय भरीको मेरो शुभकामना तिमीलाई ।।
शब्द : किरण खरेल
स्वर : बच्चु कैलाश
सङ्गीत : नातिकाजी-शिवशंकर
चलचित्र : मनको बाँध