कविता : उपनामको जन्म

~नारायण पोखरेल~

म आफुलाई
आफ्नै बाटोहरुमा
डोराउने मान्छे !
म अरुका कुराहरुमा भुल्दैन ,
अरुले दिएका लालचमा झुल्दैन ,
एउटा अटल स्वभाव भएको मान्छे
एक म ,
कसैलाई कुभलो सोँचेन पनि ,
र कसैलाई भलो पनि त कहाँ सोँचे र ?

जस्तै त्रास मा पनि अडिग रहेँ ,
जस्तै दुखमा पनी मुस्कुराईरहेँ
जस्तै सुखमा पनी मौनतालाई अंगालेँ !
जस्लाई जाहेँ उसैलाई गुमाएँ ,
हो मैले जस्लाई चाहेँ उसैलाई गुमाएँ ..
र पनी घायल मन बोकेर
हाँस्दै रहेँ म !!

कस्तो बिचारको मान्छे तँ ?
दुनिया सोध्दै थियो ‘
ति अरुको ब्यथा सुन्न चाहाने दुनियालाई
मुस्कान मात्र जवाफ दिएँ !

कसैका यादहरुलाई काखमा च्यापी
म मुस्कुराउदै ,
कसैका जवाफ फर्काउदै ,
आफ्ना पिडाहरुलाई सहदै
मुस्कुराउदै गर्दा ..

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.