~भेषराज रिजाल~
तिमी थियौ आभास थिएन
स्पर्श थियो विश्वास थिएन
थाहा भयो बल्ल आज –
चड्डा उडिरहँदा,
प्राण कमजोर धागोमा रहेछ
बसिरहेछु चिसो काली किनार
मन मायाको दन्किदो आगोमा रहेछ ।
छामिएका हातहरू तिम्रा थिए थिएनन्
डामिएका घाउहरू मेरा थिए थिएनन्
विगत खोतलेर वर्तमानका थुप्राबाट
यौटा चित्र उधिनिरहँदा,
आँखा चिम्लेर आफ्नै मुटु
टुक्राटुक्रा रेटिरहँदा
तिमीलाई भेटेर म खुसीले उफ्रिएँ–
तिमी मभित्रको आभास मात्र हैन
अटल विश्वास रहेछौ !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )