~शुभ श्री~
हजारौ बर्षदेखी घाम र पानी झेल्दै
लहरा र घास सँगै लुकामारी गर्दै
बितेका दिनहरु भिर र पाखाहरुमा
बर्षा र खहरेहरु कती आए गए
खियौदा खियौदै मलाई सानो बनाए
पहिरो सँगै झर्दै म तल तल आए
गोथालाको हसिया पनि उदौन थाले
हेर्दा हेर्दै सयौ मान्छेले भारी बिसौने
म एउता पथ्थरको ढिस्को भई रहे
केही सय बर्ष अघिको कुरा हो
एका बिहानै एउता मुर्तिकार आए
म माथि छिनो र घन चलाए
केही दिनमा मेरो रुपै फेरिदिए
हेर्दा हेर्दै मलाई त मुर्ती बनाए
मान्छेहरुको हुल आयो डोली चढायो
बाजा भजौदै मलाई शहर घुमायो
रातो टिका र माला पहिर्याइकन
आँखा चिम्लिए मेरा अगाडि नतमस्तक
मान्छेहरु भन्न थाले मलाई बुद्ध
कोही भन्न थाले मलाई इश्वर
पूजा गर्छन् दिन दिनै यहाँ मलाई जन
धुप र नैबेध्य चढाउछन् घंटी बजाउछन
सयौ बर्ष भो आज सम्म मान्छेहरुसँग
शान्त बस्ती थियो पहिले आज कोलाहल
आउछन बिहानै मलाई शान्ती देउ भन्न
कोशी औछन मेरो पुकार सुनिदेउ भन्न
गर्छन् मान्छेहरु मन मनै पुकार अनेक
सम्झिएर मलाई बुद्धको वा भगवानको रुप
चढाउछन् फूल र फल अनि बाल्छन धूप
(स्रोत : माइ संसार डट कम)