~कृष्णहरि बराल~
मेरो संसार तिमी नै हो
मेरो आधार तिमी नै हौ
मलाई स्वर्गको यो प्यारो
प्यारो उपहार तिमी नै हौ
तिमी आयौ मेरो मनको
अँधरीमा जून छायो
ढकमक फुले सपना
जिन्दगी नै मगमगायो
अधुरै थियो जिन्दगी यो
अधुरो नै थियो जवानी
तिमीसँगै भयो सुरु
मेरो साँचो यो कहानी
शब्द – कृष्ण हरि बराल
स्वर – दीपक खरेल
सङ्गित – दीपक जंगम
गीति एल्बम – कि त तिमी मन पर्छ्यौ