~आचार्य प्रभा~
साहित्यको छात्तिमा
एउटा तस्बिर टाँस्दैमा,
भावनाका लहरहरु खाली कागजमा छर्दैमा
म साहित्यकार हुन सक्दिन /
‘साहित्य’ त दिब्य ज्योति हो
यस्ले सारा अन्धकारलाई हटाउन सक्नुपर्दछ
नत्र —साहित्यको औचित्य नै के रहन्छ र ?
शब्दहरुलाई बेढंगले उनेर कोर्दैमा
म कबी हुन सक्दिन
यो केवल साहित्यको ”ताते ताते ”
बामे सराइ मात्र हो
यदी — यसैलाई पूर्णता ठाने भने
म —साहित्यको पलायनतातिर धकेलिनेछु/
‘कबि”कबिता’हुनुपर्दछ
‘कबिता’ ‘कबि’,
तब मात्र कबिता बन्छ
नत्र —कबिताको अर्थ नै के हुन्छ?
यो त केवल सहि कबिहरुको
अपमान मात्र हुन जान्छ
जस्ले —सेत्ताम्मे केश फूलाएर
कबि बन्ने प्रेरणा पाएका छन /
हो —त्यसैले म भन्छु
शब्द र भावनाको थूप्रो मात्र
साहित्य र रचना बन्न सक्दैन
कलमको दौडाइ मात्र पनि
साहित्यको पाना बन्न सक्दैन
त्यसैले—म कबि हुँइन
केवल अग्रजहरुको अनुयायी मात्र हुँ /
(अमेरिका)
(स्रोत : कविता कुसुम)