~प्रविण अर्याल~
सकिदैनन् सबै कुरा
शव्दमा व्यक्त गर्न ।
भनिदैनन् सवै कुरा
अरूलाई सुनाऊँन ।।
बुझिदैन त्यस्तो भाषा
मनभित्रका कुराहरूको ।
देखिदैनन् सवैथोक
आज यो संसारको ।।
अधकल्चो व्यवहार
भ्रम जालको आधार ।
अपूर्ण ती वाक्य लहर
अचम्मको संसार ।।
#KP_Aryal
@Pravinaryal20
प्रविण अर्याल
कावासोती-८, नवलपरासी (हाल काठमाडाैं)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )