~रुमन न्यौपाने ‘अमन्त’~
म पग्लिएको तातो धातु ।
जुन आकार तिमी दिन सक्छौ
बनाउ मलाई सेमुराई,
अनी चहकिलो धार हाल
रेट्न सकँु मलाई बाध्ने जन्जीरहरु ।
म छरीएको बर्णमाला ।
कसैले मलाई थुपारेर
पुस्कीनको भाषामा कोर्न सक्छ
अनी प्रसीद्द निबन्धको सारमा
फुक्न सकुँ का्रन्तीका बीगुलहरु ।
म काटीएको लहरे पिपल ।
कर्मठ हातहरुले बटुलेर
गाडेर फेरी ब्युँताउन सक्छौ
घाम, पानीको अटुट छाहारीमा
केटाकेटी ले भन्ने छन् धन्य ! पुर्ब क्रान्तीहरु ।
म सुकेको पात पतीङ्गर ।
हुरीले उडाउन ठिक्क परेका
साँझमा चुल्हो सल्काउन सक्छौ
आम्मै ! तिम्रो घर जलाईदिन्न,
पुग्छु सौभाग्य भए भरीएर तिम्रो डोकोहरुमा ।
म अनियन्त्रीत डँडेलो
प्रच्चड ज्वाला बेकेर दौडीएको
पर पुग्न सक्छ उछीटीएर अगुल्टो
बिस्तारै राख बन्नेछन् शोशक शाशकहरु
हो !अनिच्छुक देखीन्छन् निभाउन बारुणयन्त्रहरु ।
म चैतको हावा हुन्डरी ।
मडारीँदै अघी बड्न सक्छु
नरोक पल्टाउँछु पक्की छानाहरु
हाय ! किन डराउँछौ
उप्काउँदीन गरीबीले छापेको छाप्रोहरु ।
म अपरिपक्व मिलीसिया ।
बिना बर्दीमा ठाँटीएको
सक्छौ लगाम कस हीनहीनाउँदिन ।
हतारो नगर बिना रुद्री र्सन नँया घरमा
बन्ने छु पहरेदार तिम्रो ढोकाहरुमा ।
म चुँडीएको पुष्पकमल ।
च्यातियको छु तर टिप्न सक्छौ
बनाउ मलाई श्रद्दाले तिमी हार
पहिरी दिने छु गएर गलामा
देख्नेछन् मलाई चे गोबारा को छातीहरुमा ।
…..सेप्टेम्बर ८ २००९
(अनियमीत आबृत्ती को अर्को एउटा सानो प्रयास गरे जस्तो लाग्छ) ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)