~शान्तिनारायण श्रेष्ठ~
दुइ दिने जिन्दगीमा हाँसी खुशी लाईदेउ माया
कहीं कतै गए पनि छिट्टै फर्कि आईदेउ माया
तिम्रो साथ पाएकैले जिन्दगीमा हाँसेको छु
तिम्रो माया जतनगरी मन भित्र साँचेको छु
मरी लानु केही छैन संझी रुने लाईदेउ माया
कहीं कतै गएपनि छिट्टै फर्कि आईदेउ माया
कैले सुख कैले दुःख घाम छायाँ जस्तै न हो
कैले संयोग कैले वियोग दिनरात जस्तैन हो
हामी कैल्यै नछुट्टिने भनी कसम खाइदेउ माया
कहीं कतै गए पनि छिट्टै फर्कि आईदेउ माया ।
दुइ दिने जिन्दगीमा हाँसी खुशी लाईदेउ माया
कहीं कतै गए पनि छिट्टै फर्कि आईदेउ माया
-कुश्मा, पर्वत
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )