कथा : क्यासिनो

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

नितिशले एक दिन फोनमा बढो भावुक हुँदै भने “जहाँ चिदी त्यही कूलो लाग्दो रैछ टारीमा त कुलो पनी काँहा लाग्दो रहेछ र ? ” मैले जवाफमा भनेको थिँए जे प्राप्ति छ त्यसैमा सन्तुष्ट हुन सिक्नु पर्छ यदी यसो हुन सकेन भने जिवन कष्टकर बन्छ बढी कमाउने चाहानामा !

उनले यसो भन्नुको तात्पर्य मैले बुझेको थिँए आज बजारमा व्यापक हल्ला थियो नेपाली ले एक मिलियन हड्कड् डलर भन्दा बढी ज्याकपोट जितेको उनी त्यै संकेत गरिरहेका थिए ।

बाह्र घण्टाको काम सकी लखतरान भएर साँझ करीव आठ बजे तिर अफीस बाट कोठामा जानको लागी बस कुर्दै गर्दा मोवाईलमा फेसबुकका स्टाटस् हरूमा नजर घुमीरहेका थिए । एत्तीकैमा मोवाईलमा टिड् टिड् गर्दै मेसेज बक्समा मेसेज आयो , खोलेर हेरे यस्तो लेखिएको थियो ” बाबु सर , नमस्ते ! जिवन यस्तै रहेछ चाहेर पनी कतिपय जिवनका अध्यायका पानाहरू पुरा गर्न नसकिंदो रहेछ । जिवनमा देखीएका सुन्दर भविष्यका सपनाहरू पनी एकाएक काँच सरी जोड्नै नसकिने गरी टुट्दा रहेछन् । म कसैलाई दोष दिन चाहन्न आज म आफ्नै कारणले यस सुन्दर संसार बाट विदा लिने निर्णय गरें ! म बाँच्नु या मर्नु यस बाट म बाहेक अरू कसैलाई केही फरक पर्ने छैन । तपाँई जस्तो आत्मीय मित्र लाई ढाँटेर गए भने मलाई यमराजले पनी मेरो मृत्यु स्विकार नगरी फिर्ता पठाउला की भन्ने डरले मेरो जिवनको अवधिमा भेट भएको मध्य तपाँई एकजना लाई जानकारी गराउन चाहें ! मलाई माफ गर्नु होला ! “

मेसेज पढ्ना साथ मैले नितिश लाई फोन गरें रिड् गयो तर फोन उठेन मैले पटक पटक प्रयास गरे फोन उठेन मलाई के गरौ कसो गरौ भयो । यस्तो संवेदनशील कुरा अरूसंग गरेर कसैको बदनाम पनी गर्नु भएन , फोन नउठे पछी मैले मेसेज वक्समा मेसेज लेखें ” नितिश सर , प्लिज गलत कदम नउठाउनु होला , म भर्खर अफीस बाट निस्किदै छु तपाई कुन ठाँउमा हुनुहुन्छ ? मलाई मेसेज गर्नुस म ट्याक्सी लिएर आईहाल्छु । प्लिज सर गलत कदम नउठाउनु होला ” ! म उनको मेसेज रिप्लाईको तिव्र प्रतिक्षामा बसी रहें । मनमा कुरा खेल्न थाले ।

निंतिश संग मकाउमा आएको करीव तिन वर्ष पछी उनैले मेरो मोवाईलमा कल गरेपछी चिनजान भएको थियो । उनी मेरो ससुराली ठाँऊका र मेरो श्रीमती संग कक्षा दश सम्म संगै पढका रहेछन् । घर बिदामा गएको बेला संयोग मेरो श्रिमती संग भेट हुँदा मेरो फोन नं लिएर आएका रहेछन् । त्यस दिन देखी आजको दिन सम्म हामी विचमा हप्ताको एक पटक कम्तिमा पनी फोन र विदा मिल्दा भेटघाट गर्ने गफ गाफ गर्ने भै रहन्थ्यो । नितिश मलाई एकदम मन पर्ने र करीव म संग स्वभाव पनी मिल्ने साथी ठानेको थिँए मैले । आज भन्दा पहिले नितिशको बारेमा कहिंकतै बाट नराम्रो कुरा सुनेको थिईन मैले ।

मकाउमा करीव चार देखी पाँच हजार नेपालीहरू विभिन्न कम्पनीहरूमा आवद्द भएर काम गर्दछन् । जुवा तास रक्सीले र कर्लगर्ल को व्यवस्थित व्यावसायले यस देशको आर्थिक अवस्था लाई संसारको टप टेन भित्र राख्न सफल छ । अमेरीकाको लसभेगास र मकाऊ संसार भरी मै क्यासिनो हव भनेर चिनिन्छन् । जहाँ रात पर्दैन चौविसै घण्टा विजनेस चलिरहेको हुन्छ । नेपालमा जुन कुरा लाई सामाजिक साँस्कृतिक र कानुनी रुपमा बर्जित गराएको छ ति कुराहरू याहा बैध छन् । त्यसैले पनी मकाउमा बस्ने नेपालीहरू वढी स्वतन्त्र र सुरक्षीत हुनुको साथै मनग्य आम्दानी पनी गर्दछन् । तर करीव साठी प्रतिशत नेपालीहरू क्यासीनोको लतमा लागेको अनुमान गर्न सकिन्छ । कतिपय नेपालीहरू साहूको बाँधा बसेर बर्षौ सम्म घर नफर्केका पनी छन् , कतिपय नेपालीहरू नेपालको सम्पत्ती बेचेर जुवा खेलेको ऋण साहूलाई बुझाएको पनी मैले भेटेको छु । कतिपय दलालहरूले काम लगाईदिने भन्दै पैसा लिएर भागेको पनी भेटेको छु । मकाउमा बस्ने नेपालीहरू नेपाली नेपाली देखा देख वा कतै बाटोमा जम्का भेट भए पनी वेवास्ता गरी हिड्ने चलन छ । मनमा कुरा खेलीरह्यो ! खासमा के समस्या परे होला र आत्महत्याको सोंच बनाएका छन् ? म मेसेजको प्रतिक्षामा जँहीको त्यै बसीरहे ।

करीब पन्ध्र मिनेट पछी मेसेज आयो “हाक्सावाड् समुन्द्र किनार” अरू केही लेखिएको थिएन । मैले ट्याक्सी समाते र हाक्सावाड् समुन्द्र किनार तिर लागे । मनमा कुरा खेली रह्यो जिवीत भेट्न पाए त हुने थियो फेरी अर्को मन भन्छ नितिश मर्न सक्दैन ! यदी मर्नु नै थियो भने म संग दोहोरो मेसेज गर्ने मै थिएन होला जस्तो लाग्यो । मैले जिवीत भेटीन सक्ने चान्स बढेको महशुस गरेको थिँए ।

करीब विस मिनट पछी म उक्त स्थानमा पुगेर एता उता वर पर हेर्दै हिडे त्यौहारों समुन्द्र चै पर्खाल लगाएको ले पर्खाल बाट हाम फल्न सकिने खालको थियो मेरो मनले पाप सोचिरह्यो । अली पर पर्खालको आडमा रहेको रूखको फेंदमा नितिशलाई देखे । करीब राती नौ बज्न आँटीसकेको थियो । समुन्द्र बाटो किनारका लाईटहरूको उज्यालोमा छाँया परेर बसेको नितिश र मैले पहिले भेट्ने साथी नितिश एउटै पात्र या फरक थिए मलाई अचम्म लाग्यो । जिड्रिड्ग दाह्री पालेको एउटा मैलो न मैलो टिसर्ट हाफ पाईन्ट र चप्पल लगाएको हातमा छिन्ताउ वियरको ठुलो क्यान समातेको रक्सी डुड् डुड् गनाएको राता राता आँखा भुँइमा छरप्रष्ट भएको एउटा डरलाग्दो पागल जस्तै !

छेवैमा बसेर सोंधे के भो नितिश सर यस्तो ?

मेरो प्रश्न सुन्ना साथ उनी भक्कानो फोर्दै डाँको छाडेर रून थाले आँशु सिंगान र्याल

एकै ठाँऊ भएको थियो उनको मैले काखमा अंगालो हाल्दै निकै बेर सम्म नरून अनुरोध गरें । उनको त्यो रोदनले मेरो पनी आँशु नखसेको कहाँ हो र ? तैपनी म उनलाई जिवीत भेटेको मा भने निकै हर्षित थिँए । हो पीड़ा कम गर्ने अचुक ओखती हो आँशु ! मैले पनी जिवनमा कैयौ पटक आँशुको मल्हमले मनको घाउलाई निको पारेको छु । मलाई लाग्यो उन लाई अहिले पिडा बाट मुक्त भएर आफ्नो अवस्था म संग शेयर गर्न को लागी एक छिन रून दिनु पर्छ । मैले यसै गरें आफू धैर्य हुँदै विभिन्न कुरा गर्दै नरून र वास्तविकता बताउन अनुरोध गरे ।

बाबु सर ! मलाई माफ गर्नु होला म सर्वेश्व भँए । सम्पूर्ण पैसो जुवामा हारे । साथीहरू संग ऋण लिएर पनी हारे । व्याजमा ऋक्ण लिएर पनी हारे । मैले करीब पचास लाख नेपाली हारें सर म कुन मुख लिएर बाँच्ने ? म बाँच्न चाहन्न मलाई मर्न दिनुस घरमा खबर गरिदीनु होला । तेती त मेरो नेपालको सम्पत्ती नेत्र नि पर्दैन फेरी परीवारको म प्रतिको भरोषा ? उनी रूँदै पिडा पोख्दै थिए । हिन्दी उखान छ नी ” आँघे चेते चेते नाई पिच्छे चेते होता नाई ” अहिले उनलाई जुन डर लागेको छ त्यो डर जुवा खेल्नु भन्दा पहिले लाग्या भए सायद यो अवस्था देख्नु पर्ने थिएन ।

हो उनको तत्कालको शारिरीक अवस्था देखी मलाई गया लागेर आयो तर उनले जुन गल्ती गरेका छन् त्यो अनजानमा भएको गल्ती होईन ! जानाजानी गरीएको यती ठुलो गल्तीलाई मैले के भन्ने के सम्झाउने ? मैले जुवा खेल्छन् होला भनेर त सोंचेकै थिएन । मलाई मनमनै रिस

पनी उठ्यो तर दुख परेको समयमा उनलाई केही भन्न उचित लागेन । नढाँटी भन्नेहो भने मैले जुवा खेल्नेहरू लाई निकै घृणा भावले हेर्ने गर्छु चाहे उसले कुनै दिन लाखौ लाख जितेको गफ गरोस । तर याँहाको परिस्थितियाँ नितिश लाई नखेल्या भा हुने खेलीहाल्नु भएछ , मिली हाल्छ केही वर्ष बढी काम गर्नु पर्ने भो चिन्ता नगर्नुस भन्दै सम्झाए । यो परिस्थिति साँच्चै जटील थियो । कसैको छोरा , कसैको लोग्ने , कसैको बाऊको यो हालत हुँदा परिवारको अवस्था ? मलाई नितिश भन्दा पनी उनको परिवारको चिन्ता लाग्यो तर हामी दुईको साथित्व राम्रो भए पनी परिवार संग भने म पुर्णरूपमा अपरिचित नै थिँए ।

कैले देखी खाना खानु भा छैन ?

तिन दिन भो ! एक दुई सय बचेको थ्यो यै तान्दै छु वियरको क्यान देखाउँदै भने

ल हिड्नुस खाना खाऊँ

हामी एउटा रेष्टुरेन्टमा गयौ चाईनिज केही परीकार अर्डर गरें

उनलाई बाथरूममा गएर हात मुख धुन लगाए

वियरको क्यान सकिएको थियो , मैले सोधे नितिश वियर ?

यसै विग्रीयो उसै विग्रीयो सर ,आँखा भरी आँशु झार्दै भने

मैले दिई क्यान वियर अर्डर गरे

मैले आफूले तै अफिस मै खाना खाएर निस्किएको ले केही स्न्याक्स हरू मात्र लिए ।

खाना खाई सके पछी उनले दुखेशो पोख्न खोजे अझै उनलाई हलुवा वनाउन मैले उनलाई सुन्नुपर्ने ठाने र पारेका बसेर लामो समय सम्म हाँ मा हाँ मिलाउदै उनले केही गलत गरेका छैनन् जस्तो गरी कुरा सुनि रहे !

भोली बिहान मेरो डिउटी छ राती करीब दुई बज्न खोज्दै थियो

नितिश सर मारो डिउटी छ भोली ल जाँउ म तपाई लाई कोठामा पुर्याएर फर्किन्छु ।

हस सर तपाईले दुख पाउनु भो म स्टूपिडको कारण उनले पश्चाताप मान्दै भने

होईन त्यसो नभन्नुस , साथी भन्या के हो त ?

ट्याक्सी रोके अनी नितिश बस्ने बिल्डिंगों तल गेट बाट भित्र पुर्याएर म पनी कोठारों लागी त्यै ट्याक्सी लिएर आँए ।

फ्रेस भएर वेडमा पल्टीए मोवाईलमा अालाराम लगाए । एक छिन छट पटी भो अनेकन तर्कनाहरू खेलिरह्यो

उनले आत्महत्या

नगरेको मा खुशी लाग्यो ।

बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.