~मनु लोहोरुङ राई~
माया गर्ने एउटै मुटु थियो साटें तिमीसँगै
एउटै थियो सम्झिने मन त्यो नि साटें तिमीसँगै
यो शरीर त मरेपछि आखिर माटो हुने नै हो
बाँचुञ्जेल मैले माया गरी र’न्छु तिमीलाई
हिजोसम्म तिमीले नै, नछुटिने कसम खायौ
बाचा कसम बिर्सिएर, आजै किन टाढा भयौ ?
अँध्यारोमा सल्किएर, मेरो मुटु जले पनि
त्यही मुटु बाली–सधैं हेरी र’न्छु तिमीलाई
मनु लोहोरुङ राई
न्यूयोर्क
(स्रोत : विश्वन्युज डट कम )