~अर्पन तमाङ~
छाती थापी गोली खायौ
गर्धन काटी रगत दियौ
ए शहीद ,
भन तिमीले के पायौ ?
स्वत्रन्तता को लडाईं लड्यौ
समान्त को सङ्ग्राम गर्यौ
खुला आकास को कल्पना गर्यौ
सन्तती को भबिस्य चाहेउ
पसिना पोखेर कर्मा गर्यौ
पाखुरी मा बल सिचेर
पत्थर लाइ पनि फोरी पगाल्यौ
देश को लागि मार्छु र मर्छु भनि
बलिमा चाडाएको बोका बन्यौ
ए शाहीद ,
भन तिमीले के पायौ ?
जनता को सफथ खान्छु भन्ने नेता
सुन्याछ आज कता कता
देश बनाउने सारा कथा
सुन्छु अहिले राजधानीमा
भ्रस्टाचार म डुबेको छ अरे कहाँनिमा
थाहा छ तिमी लाइ ?
टनकपुर र महाकाली को
बिदेसिले कोरीसक्यो चित्र
अब तिम्रो हाम्रो मोल हुँदै छरे
सिंहदरबारको कुर्सी भित्र
प्राडो पजेरो सुरा सुन्दरि
चल्यो उस्कै मन परि
सङ्ग-सङ्गै लडौं भनि
एकताको कसम खायौ
प्रजातन्त्र उस्को पेवा भयो
बिदेसीको रिन हाम्ले पायौं
अब आँफै भन शाहीद
केलाइ चाँहीयो स्वत्रन्तता
कस्लाइ चाँहीयो प्रजात्रन्त
असिक्षा र भोक रोग हाम्लाइ भए
किन चाँहीयो प्रजात्रन्त्र ?
त्यसैले ए शाहीद ,
भन तिमीले के पायौ ?
खाली एउटा सोझा नेपाली को
खाली एउटा गाली पायौ
ए शाहीद ,
भन तिम्ले के प यौ ?
अर्पन तमाङ
तरहरा-२
September 18, 2006