~भूधरा उपाध्याय~
– बेलुका सोमरस अलि बढी नै चढाएर घर आएपछि नेताजीकी पत्नी छुनै नदिइ ढुस्किएर सुतिन्।
– बिहान नेताजीले पाखुरामा समातेर ताने। पत्नी टसको मस भइनन्।
– रिसले आगो हुदै पत्नीको गालामा एक जमाउँदै भने -” छिटो भात पका मलाई महिला हिंसा सम्बन्धी कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गर्न जानु छ।”