कविता : युग बोल्छ

~निश्चल काउचा~Nischal Kaucha

मस्तिष्क भरि योनीको स्केच कोरेर
सुकोमल स्तन सुमसुमाएको सपना देख्दै
स्खलित हुनेहरू
बेमौसमी रासलिला मच्चाउदै
ट्वार ट्वार गर्दैमा
ए भ्यागुताहरू हो
अब , यहाँ
बर्षा हुदैन ।

तिमीहरूको खबरदारीले
यहाँ , अब
ज्वारभाटा उठदैन
धमिलो पानीमा
माछा मार्ने कोशिस नगरे हुन्छ
अब ,
तिमीहरूको धरिया खाली खाली हुनेछन ।

युगले भन्यो
समय बोल्यो
अब
कसैको ढाल नबन
बरु ,
खाली खुट्टा काँडा माथि हिड फुलहरू त्यतैतिर फुल्दैछन ।

तिमीहरूले
अब , यहाँ
हुकुमी शासन लादन सक्दनौ
हिटलर , सद्दाम , जंगबहादुर कदापी हुन सक्दनौ
किनकी
यो मेरो मातृभूमी
बुद्ध जन्मिएको भुमी हो
आमाको कलेटी परेको ओठहरूले
चिराचिरा फाटेको कुर्कुच्चाहरूले
धुजाधुजा फाटेर अस्मिता देखिन लागेको चोलीहरूले
भनिरहेछन ।।।।
अब , यहाँ
जंगबहादुर हैन
बुद्धहरू जन्माउनु चाहन्छौ ।

-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.