~पद्मावती सिंह~
अनायास आज तिमीसित भेट्दा
ऑधीचल्यो मनभित्र तिमीले हेर्दा
एउटै सपना थियो हाम्रो एउटै विपना
संगै हिडेको थियौं हामी एउटै बाटोमा
छल गर्यो समयले हामी टाढा भयौँ
आफु खुशी हामीले आङ्खनो बाटो रोज्यौँ
नियतिले आज फेरि हामीलाई मिलायो
ओइलिएको पिरतीको फूल फेरि फूलायो
एक नदीका भइसकेका हामी दुई किनारा
हाम्रो सुखद् मिलन अब संभव नहोला