~नबराज घिमिरे~
बाबा !!
अन्जान बालापनमा,
अनायास लुटिएको,
प्यारो शब्द।
जीवनका उकाली ओरालिहरुमा
सङ्हर्सका दौरानहरुमा,
सुस्केरामा आइरहेको थियो।
ग्लानी,पस्चाताप र अभावमा
रुदै सम्झदै,फेरि रुदै
भावनामा डुब्ने गर्थें ।
हजुरलाइ सम्झदै।
थाहा छ?
तिम्रो अभावमा कयौं आवश्यकता
आवश्यकता मा नै सिमित भए होलान,
हजारौं प्रस्नहरु र्हिदय भित्रै निसास्शिए होलान्।
तेसैले होला !!
आज पनि म !
खुल्न सक्दिन, बोल्न सक्दिन
सायद हिजो सुनिदिने कोहि मिलेन होला।
त्यो तागतदार शब्द पुकार गर्न पाइन होला ।
जीबनका सत्ताइसौ वसन्त पार गर्नै लाग्दा
उनिसगै जोडिएर आयो,
पूकारे, सम्झ्दै पुकार्दै ! सम्झदै पुकार्दै !!
हर्ष बिभोर भए ।
कति प्यारो शब्द
मेरालागि शब्दकोश भरिको सुन्दर थियो होला।
त्यो बाल्यकालको अध्यारो समय
प्रकाशित भएको महसुस भयो,
अब उनको मधुरो छाँया यिनैमा देख्न थाले।
रमाउन थाले ,
आज तेहि छाया पनि मधुर बन्न लाग्दा
त्यो शब्द ध्वनि मलिन हुन लाग्दा
उफ!
म पाकेको छु,
तेल्को कराइमा,।
भक्भकी पाकेको छु।
हे ईश्वर !!!!
निस्ठुरिु नबन मलाई पुकार्न देउ
सधै भरी बाबा भनेर बाबा बाबा……….
प्रार्थना ईश्वरसग
उपचार डाक्टर सग,
आशा र्हिदय सग।।।
(स्रोत : राम्रोलिन्क डट कम)