फूल भए वसन्तलाई पर्खी-पर्खी फुल्थें।
मूल भए सुसाउँदै मुहानलाई भुल्थें ।।
बार-बार नपाइने जिन्दगानी कस्तो ?
झरेपछि बिलाउँने शीत-दाना जस्तो ।।
भोको पेट खोज्दोरैछ भोजनको गाँस ।
दोबाटोमा कुर्नेलाई फर्किनेको आश ।।
खोलो भए बगिदिन्थें चरो भए उड्थें।
धर्ती भए फाटिदिन्थें सिसा भए फुट्थें ।।
द्यौरालीमा बुकी फुल्यो हाँसो फक्रिएन ।
सँघारमा टुकी बल्यो रात निथ्रिएन ।।
गोधूलिमा हराएको आफ्नो भन्नु धन ।
सक्नेभए फर्काइदेऊ मेरो सानो मन ।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)