~सबिता चौलागाई~
बेला बेला झस्काँउछ लाै मिठाे बाेल्ने परदेशीले,
किन किन विस्वास गर्छ दिलै खाेल्ने परदेशीले।
मिठा मिठा कुरा गर्दै मख्याएर हैरान मलाइ,
हरेक पल माया गर्दै अमृत घाेल्ने परदेशीले।
याे दिल मरे दिन्न भन्दै सम्हालेर राखेकाे छु,
अति याद पठाउछ लाैन मनै पाेल्ने परदेशीले।
मायामा त हर कुरा जायज हुन्छ भन्छ उस्ले,
छिनमा भेट्दा सबै किन अाेकाेल्ने परदेशीले।
तिमी पाउन दुनियाँ संग लड्छु भन्छ पागलले,
मेराे लागी किन यत्राे खतरा माेल्ने परदेशीले।