~सविता सापकोटा~
चियामा पनि निकोटिनको मात्रा बढी हुन्छ र चुरोटमा पनि । सायद चियालाई ब्वाईफ्रेन्ड र चुरोटलाई गलफ्रेन्ड या भाईस भर्सा सम्झिन्छन् कि ।
चैत लागे पनि जाडो हटेको थिएन् । बिहानको समय चिया पसलमा चियाको चुस्किसँगै जाडोलाई भगाउने कोसिस गर्दै थिए । भर्खर झुल्किदै गरेको घामले त्यो गोरो वर्णलाई चम्काएको थियो । उसको साथमै बसेको अर्काे मुहारमा पनि गोरो बनाउने अवियान घामले चलाईरहेको थियो । अन्यको मुहारमा पनि आफ्नै हिसाबले झुल्किदै गरेको घामले वर्ण अनुसार चमक दिदँै थियो । चिया ल्याउँदै थिए सानो भाईले । आफ्नो कपको चिया सकिए पनि फेरी अर्काे कप थप्ने अनुमति दिदँै थियो जाडोले । अर्को कप चिया अर्डर गरे ।
मेरो आँखा अगाडि रहेको उसको टेबलमा चिया आईसकेको थियो । चियासँगै हातका ३ औलाको साहारामा अडकिएको चुरोटमा गएर मेरो नजर ठोकियो । चियासँगै चुरोट लिनुको औचित्य त म बुझ्न सक्दिन् तर चुरोट र चिया घनिष्ट मित्र हुन् जस्तो मलाई लाग्थ्यो । कोहि पनि मानिस चुरोट तान्दै गर्दा चिया या चिसो पनि सँगै लिने गर्छन् । चियामा पनि निकोटिनको मात्रा बढी हुन्छ र चुरोटमा पनि । सायद चियालाई ब्वाईफ्रेन्ड र चुरोटलाई गलफ्रेन्ड या भाईस भर्सा सम्झिन्छन् कि ।
चुरोटको धुवा र चियाको बाफसँग उनीहरु आफ्ना गफ पनि त्यसरी नै उडाईरहेका थिए । एकले अर्काेलाई उडाउँदै नजर म भएको टेबलतिर लगाउँदै थिए । एक्ली केटी देखेर जिस्काउँदै थिए केटाहरु । बाटोमा एक्लै हिड्दा होस या कहिकतै खाजा घरमा बस्दा जिस्काउने साधन बन्छन् केटिहरु । कहिले बाटोमा हिड्दै गर्दा जिब्रो पडकाउँछन्, कहिले बाइकको चापीले खुट्टामा हिर्काउँछन् , कत्तिलाई केटी देखेपछि खोकी लाग्छ । हातमा आइफोन लिएर जतिसुकै आधुनिक बनेपनि केटी जिस्काउने पुरातनवादी सोच परिवर्तन हुन् सकेको छैन् ।
झोलाबाट मोबाईल निकालेर कानमा एअरफोन घुसारे । गित बजेपनि सुनिरहेकी थिए उनीहरुका गफ । गित बन्द गरेर कानमा एअरफोन मात्र घुसारेको बाहाना गरे अनि सुनिरहे एकछिन् सम्म गफ । ति चिया पसलका साउजीलाई कति अल्छि लाग्दो हो अल्लारे बँैसका ठिटाहरुको गफ सुनेर , हुन् त कहिलेकाहीँ मज्जा पनि लाग्दो हो । उनीहरुका गफले आफ्नो जवानी याद गर्दा हुन् साउजी ।
एकाएक आ – आफ्नो पोल खोल्दै थिए । साला हिजो राती मज्जा गरिरहेको बेला तलाई गलफ्रेन्डकोमा जानुपर्ने । अर्काेले भन्दै थियो त नि त विदेशमा भएकी गलफ्रेन्डसँग दाम्लो बाधेको ब्राखाजस्तै झुन्डिराथिस् । ब्राखा होईन् साला बोका जस्तो भन् न अर्कोले फलाक्दै थियो । बिल्ला नगरो न यार , कहिलेकाहीँ रमाइलो त गर्नै पर्यो नी । एकले अर्कोको खेदो खन्दै थिए ।
एकटकले कुरा सुनिरहेकी थिए । चियाको कप रित्तिएको पनि पत्तो नभएछ् । बबाल थिइ नि यार हिजो बाटोमा भेटीएकी केटी । धन्नै झापड खाइनस् । खुब जिस्काउने भाथिस् नि । लौ यो उमेरमा केटी नजिस्काए के बुढेसकालमा जिस्काउनु । यस्तै यस्तै कुरा गर्दै थिए ।
मेरो नजर भने त्यही चुरोट तान्दै गरेको हेन्डसममा अड्किएको थियो । भगवानले पनि निकै लामो समय लगाएर बनाएका होलान् । गोरो वर्ण , मुहारमा केही दाग नभएको , दारी जुङगा सर्लक्क काटेको । कालो ज्याकेटले असाध्यै सुहाएको थियो ।
उठेर आइ लभ यु भन्दिउ कि जस्तै लाग्याथ्यो । तर मोराको पोले खोलीहाले साथीहरुले । फेरी उसका सबै साथीहरुको अगाडी बोल्ने आँट नै कहाँ आउथ्यो र । भन्न त खाली पोष्टमा पनि के गोल हान्नु र गोल किप्पर भएकै ठाउँमा हान्ने हो भन्छन् । तर त्यो भनाईमा मात्र सिमित हो जस्तो लाग्छ । कम बोल्ने खालको रहेछ मोरो उसको आवाज कम नै सुनिन्थ्यो ।
नबोलेरै राम्रो लाग्छ केही मानिस । कोही धेरै बोलेर रिस उठ्छ । कुन बेलामा कसलाई मन पराउँछ यो मन पत्तै हुँदैन् । कहिले एकाबिहानै मनपर्छ कोही, कहिले दिउँसो त कहिले साँझमा । मन पराउनु र समयको के नै समबन्ध रह्यो र ! जुन समयमा जतिबेला जो पनि राम्रो लाग्न सक्छ् ।
छड्के नजरले उसलाई नै हेरिरहेकी थिए तर उ भने मोबाइलमा व्यस्त थियो । एकपटक हेर्यो भने हाइसम्म भन्छु भन्ने सोचेकी थिए तर म जाने बेला भइसक्यो उसले हेर्दै हेरेन् । साउजीलाई चियाको पैसा तिरेर निस्किए । भोलीपल्ट पनि त्यही समयमा चिया खान पसलमा पुगे । उसका ग्याङ भने आएनन् ।
अर्को दिन पनि गए । सबैजना आए तर उ आएन् । सोध्ने आँट गरिन् । भोली आउँला नि भन्ने लाग्यो । तर ५ दिनसम्म लगातार जाँदा पनि उ आएन् ।
पसलका साउजीसँग नसोधी बस्न सकिन् । उसको वर्णको बयान गर्दै सोधे । साउजीले को त्यो चुरोट पिउने सरोज , त्यो त बिदेश गहिसक्यो भने । अन्तिम दिनमा किन देखेँ होला उसलाई । टेबलमा बसेर चुरोट तानिरहेको उसको मुहारको याद आयो । मनले मन पराएको उ विदेश पो पुगीसकेछ । म जस्तै कति अभागी होलान् मन परेको मान्छेलाई आइ लाइक यु भन्न नपाउँदै विदेश हामीएका । सायद धेरै होलान् धेरै नेपालीहरु ।