~राज आशातीत~
चिसो चुल्हो ..
बाउले मन पराइदेकी जहान
अनि
गोडा चारेक छिचिमिरा!
स्याउलाले बारेको महलमा
आकासको छानामुनी
असरल्ल छाडेर…
झण्डै हजार सुर्यहरुको
उदय अनि अस्त पश्चात
नगरवधुको काखमा ब्युंतिएर
कम्ता लाग्यो र माया
आमाका लाम्टाहरुको!
चन्द्रमाहरुको लाखौं लुकामारी छिचोलेर
कल्पिंदै नकल्पिएको
दुर्गन्धित रछ्यानमाथी
बास आइरह्यो बाउको पसिना!
असारे झैं
उर्लिएर ….
आंफैमाथी अनियन्त्रित
मेरो ईतिहास
भोलिको पुस्ता संझन्छु
दरपुस्ता संम्झन्छु
अनि तिनको जीवन संझन्छु!
अनि….
अर्कैले आर्जेको इतिहासमा
आत्मरतिमा रमाइरहेको
म
ईतिहास साक्षी राखेर भन्दैछु
कति पढ्नु त्यो पुरानो इतिहास ?
राज आशातीत
इटहरी, सुनसरी।
१७/०३/२०७३।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)