~म. बि. बि. शाह~
सम्झनाको धारले कल्पनाको छातिमा
पार्यो छिया मायाले सपनी जूनीमा
पूर्णिमाको रातमा गर्मीको याममा
बादलुले पोखेको सिमसिमे पानीमा
त्यो नीलो नभमा बादलुको आडमा
चन्द्रमाको चाँदनी पर्वतमालामा
पार्यो छिया मायाले सपनी जूनीमा
मादलुको तालमा बाँसुरीको सुरमा
सु्स्केरामा गीत भरी रमाइलो रातमा
बारीको आलीमा सुनसान रातमा
बोल्छ चरी छेउको ऐंसेलु घारीमा
पार्यो छिया मायाले सपनी जूनीमा
चिसो चिसो बतासमा खोलाको तीरमा
नाची नाची घुम्छ को हो आँखाको नानीमा ।
शब्द : म. बि. बि. शाह
स्वर : बच्चु कैलाश र पुष्प नेपाली
सङ्गीत : बच्चु कैलाश
एल्बम : उसैको लागि-२