~सावित्री सिलवाल सापकोटा~
सिराईचुलीको काखमा छ मेरो सुन्दर शान्त गाउँ
शक्तिखोरकी छोरी हुँ म मेरो सावित्री हो नाउँ
चारैतिर डाँडाकाँडा बीचमा अवस्थित छ गाउँ
स्वर्गकै एकटुक्रा खसे झैँ नै लाग्छ नि त्यो ठाउँ
जताततै उकुस मुकुस गर्मी छ चितवनको ठाउँ
यस्तो लाग्छ त्यहीमात्र शितलताले टेकेकोछ पाउँ
कलकल झरझर गर्दै कयरखोला बीचमा लहराउ
त्याहाँपुगे मन्त्रमुग्ध हुन्छन् लहै छिटै नै हेर्न जाउँ
अन्ततिर धनी गरीबको ठूलो पर्खाल धेरै छ साहु
त्याहा त्यस्तो छैन सब बराबर सबको एउटै भाउ
जंगलबाट हरिण,मृग,बनेल गैंडाको बाली चोर्ने दाउ
मयूर कोईली मैनाचरीसंग भाका हाली धपाउन आउ
यति सुन्दर स्वच्छ सफा हरियाली मेरो माईती गाउँ
जोकोहीले शक्तिखोरमा कदम राखे धन्य हुन्छ पाउ ।।
सावित्री सिलवाल “सावी”
पोखरा– १४, कासकी ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान – पल्लव डट कम )