~महेन्द्र महक~
उसले पुरस्कार पाइसकेपछि पत्रिकाहरुमा निरन्तर शुभकामना र बधाईका कोलमहरु बढ्दै गए । संस्थाको वार्षिकोत्सवका दिन उसलाई पुरस्कार दिइनेवाला थियो । त्यसअघि नै पत्रपत्रिकाबाट एक किसिमले पुरस्कृत भइसकेको थियो । जति शुभकामना र बधाईहरु छापिएका थिए, त्यो बराबर त उसले कहिल्यै साहित्य श्रृजना पनि गरेको थिएन ।
‘मदन शोभा’ साहित्यिक पुरस्कार पाएको थियो उसले । संस्थाका अध्यक्ष श्री ‘अमर अमृत’ले सो पुरस्कार वितरण गर्नुभयो ।
यो पुरस्कार अध्यक्ष आपैmले स्थापना गर्नुभएको रहेछ । पिता मदन र आमा शोभाको नाममा अमर अमृतले यो साहित्यिक पुरस्कार आफ्नो बुबा र आमाको नाममा स्थापना गरेका रहेछन् ।
ऊ भने ‘अमर अमृत’को जेठो छोरा रहेछ ।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)