कविता : पर्खिन्छ रे भनिदिनु जुनि-जुनि लाई

~अर्पन तमाङ~

पर्खिन्छ रे भनिदिनु जुनि-जुनि लाई
सञ्चै छ रे सुनाईदिनु मेरी उनि लाई

झल्को आउँछ उकाली र अनि ओरलीको
बिर्स्या छैन भनि दिनु भाकल देउरालीको

ओइलाएको छैन भन्नु चढाएको फुलपाती
भन्दिनु है लाग्छ अरे दौलत भन्दा माया जाती
भनिदिनु रुदै छ रे चौतारी र वनपाखा
हुन्न अरे भनि दिनु ओभानो त्यो आँखा

भनि दिनु बस्छअरे तिमी आउने भञ्ज्याङ कुरी
तारा गन्दै टोलाउछ रे भनि दिनु रात भरि
मनकामना पाथिभरा दक्षीणकालीको
भाकल छ रे दन्तकाली बुढासुब्बाको

भनिदिनु भाकल छ रे सम्झे जतीको
हावा छेकी बस्छ भन्नु दियो जलेको
केही गरी दियो निभे मेरी उनि लाई
खोट नलगोस् भन्छन अरे जुनि -जुनि लाइ

काँडा बिझी शही दिउला टेक्ने पैतालामा
तिमी बाहेक छैन कोही पापी संसारमा
त्यसैले ,
पर्खिन्छ रे भनि दिनु जुनि-जुनि लाइ
सञ्चै छ रे सुनाईदिनु मेरी उनिलाइ

अर्पन तमाङ
सुन्सरी-तरहरा २ ,
हाल , टेक्सास युनिभर्सिटी ,कतार
September 10, 2006

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.