गजल : गन्न गाह्रो छ

~सुरेश काफले “विदारक”~

धेरै आफु पुरिदैछन् गन्न गाह्रो छ,
उसलाई भनि खाल्टो यहाँ खन्न गाह्रो छ ।

उदाउछ चन्द्र यहाँ औसी छेकीदिन्छ,
औसीलाई नाङ्लाबाट निफन्न गाह्रोछ ।

फेरिदैछन् दिनहरु एउटै क्षितिजभित्र,
आफ्नो उमेर कति भनि भन्न गाह्रो छ ।

चिन्तित भका देश भक्ति पागल गुथिए,
असल मान्छे यहाँ अब बन्न गाह्रो छ ।

कुटिदैछन् निमुखा अझै चिसो चुल्होभित्र,
गणतन्त्र माहौल अझै धान्न गाह्रो छ ।

सुरेश काफले “विदारक”
मधुवन८, काफले टोल, सुनसरी ।

(स्रोत : ओएमसी नेपाल डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.