गजल : संसारमा आयौ किन?

~के.आर.बिबश राङ्खानी~

थाहा थियो गरीब भन्ने यो संसारमा आयौ किन?
बिश्वासघाति माया प्रेम तिम्ले सानु लायौ किन?

छोड्नु थियो साथ भने मित्रता नै काफी थियो
घात गर्नु रैछ आखिर मेरो माया लायौ किन?

पापि बिचार् मनम राखि भेट्न भनि अाउदि रहिछौ
एक्लो सन्सार् खुसि थिए म मायाको गीत् गायौ किन?

हात माथि हात राखि सगै-सगै जिउछु भनि
झुटा कसम खान आखिर् मन्दिरम धायौ किन?

तिम्रै भलो होस भनि भगावनलाई माग्ने गर्थे
बरबादिको खाडल मेरो तिम्ले देख्न चायौ किन?

“बिबश” राङ्खानी
राङ्खानी-६ बाग्लुङ
ईराकको ताजी बाट
bibash_sharma139@yahoo.com
May 7, 2008

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.