~सावित्री सिलवाल सापकोटा~
फूलै फूल वसन्तको संसार तिमीलाई ।
नौलाख जूनताराको उपहार तिमीलाई ।।
म गरीब भिखारी के नै पो दिन सक्छु र ?
झरझर गर्ने झरनाको झंकार तिमीलाई।।
प्रकृतीका छटा अनि नदीका तरल तरंग ।
ईन्द्रेणीका सातै रंगको निखार तिमीलाई ।।
क्षितिज पारी गोधुलीमा हामी हराएको पल ।
त्यही सुन्दर पलको यादगार तिमीलाई ।।
नौरंगी डाँफे मुनाल र कोईलीको कुहुँ कुहुँ ।
सारा खुशी अनि अमीट प्यार तिमीलाई ।।
सावित्री सिलवाल “सावी”
पोखरा– १४, कासकी ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान – पल्लव डट कम )