कविता : पहाड सकिए पछि

~कृष्ण प्रसाई~krishna prasai_1

यदि तिमी,
कसैको फकाइमा लागेर
हिडिरहेकी छ्यौ भने,
पहाड सकिए पछि,
तिमीले बुझनु,
तिमी कसैबाट वेचिदैछौ ।
वा-
कुनै वहकाइमा परेर ,
नायिका हुने सपना देखिरहेकी छ्यौ भनेे-
तिमीले बुझनु ,
तिमी जो संग हाँसिरहेकी छ्यौ –
ती दलाल हुन सक्छन् ।
ती छली दुलाह हुन सक्छन् ,
वा
कुनै निशाचर हुन सक्छन् ।
तिमी ओलाङ्गचुङ्गकी डोल्मा भएपनि,
सिन्धुपाल्चोककी विमला भए पनि,
वा
अछामकी सानीकान्छी रहेपनि-
मेरो देश तिमीमै सुहाएको छ भन्दा,
म गर्व गरिरहेछु ।
तिम्रो दिनहुँको घाँस दाउराको भारीमा-
तिमीले हुर्काएको तिम्रो अर्ग्यानिक वैंश,
मेरो देशको सम्पत्ति हो भन्दा –
म मनैबाट रमाइरहेछु ।
तिम्रो यौवन मेरै देशको लगानी हो ।
त्यसमा तिमी र्सतर्क हुनर्ुपर्छ
कृत्रिम मायाबाट,
सस्ता सपनाबाट,
र शहरको फकाउने काइदाबाट –
तिमीलाइ पासोमा फसाउन,
खप्पिस ती सिकारीहरु,
जो तिम्रा वा पराई गाउँका हुनसक्छन्
तिमीले कसैगरी बुझ्न सक्नुपर्छ
तिम्रो अन्पढ् मादकता सँगै,
तिमीले बोकेको कोरली बैशलाई –
मायाको जालले सौदा भर्ने उनीहरु,
जो तिमीलाई सम्झाएर-
आफुलाई देवता वनाईरहेका होलान ।
अहिले यति वेला- पक्कै पनि तिनीहरु,
तिम्रो शरीरको हिसावमा होलान् ।
तिमीले बुझेहुन्छ ,
तिम्रो मोल-
खसीको मासु भन्दा सस्तो भएर,
विदेशी शहरमा वेचिदैछ ।
खवरदार !
पहाड सकिए पछि –
अलि पर सिमाना आउदा,
तिमीले बुझनु,
तिमी कसैबाट वेचिन लगिदैछौ ।
मान्छे बेच्न सिपालु श्यालहरु,
अहिले गाँउ पसेका छन् –
तिनीहरु सिद्धहस्त छन् ।
मान्छेको सौदामा ।

कृष्ण प्रसाई
– अनामनगर, काठमान्डौ
Email:krishnaprasai@yahoo.com

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.