~लक्ष्मण अधिकारी~
उसले पछाडिबाट च्याप्प समाती । रातको अध्याँरो छ, म भ¥याङ उक्लदै छु । मैले बल गरेँ, बेल्ट पाइन्टसहित ओरालो लाग्दै छ । उसले छोडेकै होइन । माथिबाट कोही आएको पदचापले पसिना फुटायो । ढुकढुीले गति लियो, छाती बेलुन जस्तै उचालिदो छ । घरपटीकि नयाँ बुहारी मेरो कुमारत्वमा धावा बोल्न मैदानमा उत्रिएकि छे । म त्यो चक्रव्यूहुबाट फुत्किन खोज्दै छु । स्वर निकालेर कराउन पनि नमिल्ने । उसले खित्का छोड्दै भनी, अव लु त………………… । उसको स्वरमा निर्धक्कपन छ, व्यवहारमा निर्लज्जता । उ छिल्लिदै छे । म फुत्किन जोड गर्दै ।
उ सँग बोल्ने अहिलेसम्म काम परेको थिएन । बाटोमा उभिएर उसैले, आउनु भो ? चिया खानु भो ? राम्रो भ र काँ जान लाग्या ? यस्तै कुरा सोध्छे । कहिले बाटो छेक्दै हिँड्छे । उ अलि उच्छृङ्खल लाग्छे । समग्रमा उ मेरो लागि अलि खतरै थिई । उसले मलाई कुन दिन अवर पार्छे भन्ने लाग्या थ्यो । उस्तै परे निचोर्न बेर लगाउँदिन, भन्ने आभास नभएको होइन । देख्दै मलाई काउसे लाग्थी ।
उ नराम्री भने होइन, होचीहोची बान्की परेकी आकर्षक छे । मुस्कान निकै मिठो छ । आँखा ठूला र विषालु छन् । त्यसो भन्दैमा मैले लहसिनु उचित थिएन । म छल्दै हिंडथेँ । तर आज भ¥याङको जिरो वाट उज्यालोमा उसले दाउ छोपी । मैले निसास्सिए जस्तै सास रोकेको छु । तल न माथिको अवस्थामा असिनपसिन । फर्केर हेरेँ, पुरै बत्तिसा देखाएर बसेकि छे । बाघले मृग उचाले जस्तै विजयको भावमा ।
म त्यहाँ डेरावाल बनेको छ महिना पनि कटेको छैन । घरपटी बा बाहेक कसैसँग मेरो घुलमिल छैन । कामै के पथ्र्यो र ? उ त्यस घरकि नयाँ बुहारी हो भन्नेसम्म थाहा छ । तर उसले मेरो जन्म कुण्डली नै तयार पारे जस्तो छ । निकै दिन देखि उ मेरो छायाँ टेकेर आनन्द लिदै थिई । आज शरीर नै कब्जा गर्ने आँट गरी ।
उसको परिवार दोश्रो र तेश्रो तलामा बस्छन् । म पहिलो तलामा । सडक छेउको घर भएकाले भूईँतलामा सानो चिया पसल छ । त्यसैको आडमा बेलुका खोयाबिर्केको रमझम हुन्छ । फुलमायाँको मादकतासँगै खोयाविर्केको नसामा डुवुल्की लगाउन चुल्ठे, मुन्द्रे देखि ठुटे कपाल हुनेहरुको बेलुका ताँती लाग्छ । राती अवेरसम्म उनीहरु त्यहीँ बसेर घाँटी डाम्दै आँखाको विष मार्छन् । अनि पेट भरिए पनि भोको अनुहार लिएर निस्कन्छन् । उ पनि त्यहीँ पसेकी भए भारी विसाएको अनुभव गर्थि होला । उसले त्यसो गर्न सायद मिल्दैनथ्यो । उ कम्मल ओढेर घिउ खाने मध्येकि थिई । सायद ऐरेगैरे शिकारमा उसको रुची थिएन । एम ए पढ्ने कर्मचारी उसको हिट लिष्टमा परेको छ । छिमेकिको फुल जस्तै नसोधी टिप्ने दाउमा छे ।
अफिस जाने वेलामा उ मुल ढोकामा कुहिनो उचालेर बसेकि हुन्थी । कहिले भ¥याङको कुनोमा कुचो समातेर ङिचीङिची गर्दै बाटो छेक्थी । जसरी पनि उ धक्का दिने, स्पर्श गर्ने, मस्किने र बोल्ने बहाना खोजिरहेकाी हुन्थी । उ किन त्यसो गर्छे, पहिले थाहा भएन । जव थाहा भयो, उसको मनले म माथि चढाईँ गरिसकेको अवस्था थियो । मेरो मन्द मुस्कान र लजालुपनलाई उसले स्विीकृतिको रुपमा हेर्न थालिसकेकी रहिछ । त्यसैको परिणाम थियो आजको छापामार शैलीको आक्रमण ।
माथिबाट ओर्लिदै गरेको एक जोर जुत्ताको आवाजले मेरो मुटुमा ढ्याङग्रो ठोक्दै थियो । उसले वेल्ट छोडेर कम्मरमा काउकुती लगाई । म फुत्केर माथि उक्लिएँ । कोठमा पसेर बत्ति बालिन । खाना नखाई चुकुल ठोकेर सुतेँ । मूड खराव भयो ।
उसको लोग्ने त्यस घरको एक्लो छोरो । सानै देखि होस्टलमा राखेको, बाटो विराएछ । बाबु आमा आप्mनै रमाइलोमा मस्त, भेट्न जान समेत फुर्सद भएन । छोरो तनावग्रस्त हुँदै थियो । पढाइमा ध्यान गएन । दश कक्षा नपुग्दै स्कुलले निकाल्यो । घर आएर उसले चुल्ठे मुन्दे्रको समूह विस्तारबाहेक केही गरेन । सुई पनि आफैँ लाउँछ रे भनेको सुनिन्थ्यो ।
त्यो पुरानो घरमा धारा, ट्वाइलेट घर पछाडिको बारीमा मात्र थिए । मुख धुने, पानी थाप्ने क्रममै घरभरिका कुरा थाहा पाइन्थ्यो । थोरबहुत टोलका कुरा पनि सुनिन्थ्यो । साच्चै भन्ने हो भने विहान त्यहाँ पधेँरोे एफ एम बज्थ्यो ।
भोलिपल्ट बाबुले छोरालाई वेस्सरी झाँटेको सुनियो । आपूm त खायो खायो, बेच्न पनि थाल्यो भन्छन् । पुलिसले कुन दिन पाता कसेर लान्छ ।
मैले के गरेको छ र ? छोराले प्रतिबाद गर्न खोज्यो ।
२४ सै घण्टा लट्ठ हुन्छस् । आठ बजे सुतेको अझै ओछ्यान छोडेको छैन । बाउले अझै पेल्न खोज्यो ।
बेलाबेलामा बाउछोराको ठाकठुक परिरहन्थ्यो । आमा चाहिँ छोरोको पक्ष लिएर ढाकछोप गर्न खोज्थी । विहे पछि सवै ठिक हुन्छ भन्ने उसैको जोडले बुहारी भित्राएका थिए । तर छोराले बुहारीतिर ध्यानै दिएन । सम्पत्ति मात्र हेरेर छोरी दिने माइती पक्ष अहिले निल्नु न ओकल्नुको अवस्थामा छन् ।
एक हप्ता पछिको होलीमा म ढोका थुनेर जाँचको तयारी गर्दै थिएँ । बाहिर कुरकुरे तन्नेरीहरुबीच लोला हानाहान छ । हल्लीखल्लीको तरंगले घरिघरि मन विचलित पार्छ । होली उनीहरुका लागि शरीर र मन एक्सपोज गर्ने सुनौलो अवसर हो । यसै वेला ओल्लो कौसी र पल्लो कौसीमा पिरतिको वायरलेस कनेक्सन हुनपुग्छ । तर म भने एकलव्य बनेर घोटिने यत्न गर्दै छु ।
अचानक ढोकामा कसैको मुड्की ढकढकियो । पानीको लोला छल्न हतारिएको कोही परिचित हुनुपर्छ । म थोरै ढोका खोलेर हेर्न खोज्दै थिएँ । चुरासहितको हात छि¥यो र मेरो अनुहार रङ्गिन पारेर ब्याक भयो । यो रोमान्टिक प्रयास उसैको थियो । म हेरेको हेरै । मन भाँडियो । ऐना हेरेर मुरमुरीनु बाहेक उपाय छैन । साँझमा थेत्तरो हाँसो लिएर पँधेरामा देखापरी ।
एक हप्ता सामान्य वित्यो । जाँचले मेरो दैनिकी पुरानो लयमा थिएन । अवेर सुत्थेँ । मस्त निन्द्रामा थिएँ । ढोका ढकढकिदै छ । तर कता हो भेउ पाउन सकिन । मन्द ढकढक जारी छ । अर्धचेतमै चुकुल खोलेँ । उही थिई , ढोका ठेल्दै खुट्टा बढाई । म झस्केँ । बोल्न नपाउँदै चुप इसारा गरी । बेढङगी मेकअपले अनुहार पोतिएको छ । छातिका बटन टाँक घरमा छैनन् । आज मुस्कान होइन, आक्रोस र हतास झल्किन्छ । नसोची ढोका ठेलेँ । उ अटेरी भई । एक छिन ठेलाठेल भयो । उसले स्टेप व्याक गरी । चुकल कसेँ, चेतना जाग्यो । अव नयाँ घरपटि खोज्नै पर्ने भो । तुरुन्तै । उ ढोका वाहिरै छ भन्ने महसुस गरिरहेको छु । पछि तलतिर लागि । ट्वाइलेटको ढोका ढ्याङढ्याङ गरेको सुनियो । केही क्षणको तनाव पछि निदाएँछु ।
सधैँजस्तो सखारै धारातिर लागेँ । एउटा ट्वाइलेटको ढोका आधा ह्वाङ्गै छ । ढोकामा ठोकिएको एल्मुनियम पाता लछारेर तल पु¥याइएको छ । कस्को काम हो, बुभ्mन कठिन छैन । शरीरमा मडारिएको उर्जा यहाँ विसर्जन गरिछ ।
उ मुख धुने निउँमा आइपुगी । म आप्mनै शुरमा छु । उ बोल्ने प्रयत्न गर्दै छे । राती झुक्किएर तपाईँको ढोकामा पुगेँछु, शरी है । भावविहिन पाराले यत्ति बोली । मैले ए…भनेँ । उ गई ।
एकैछिनमा माथि हल्लीखल्ली भो । चिया पसलका मानिसहरु पनि माथि लागे । ड्रगको ओभर डोजले उसको लोग्ने उठेनछ । नब्युँझिने बाटोमा गइसकेछ । म पनि भ¥याङ चढेँ । उ अतृप्त शरीर लिएर ओर्लदै थिई, तर उसले वास्ता गरिन । सायद उ प्वाँख पलाएको अनुभव गर्दै थिई ।
(स्रोत : रातोपाटी डट कम)