~आनन्द अधिकारी~
सुसेली हाल्दै उकाली सुसेली हाल्दै ओराली
जिन्दगीको भारी विसाउ भन्दैछ देउराली।
वैंशमा बस्ने चौतारी भत्किएर पुरानो भो
रोदी घरमा लाएको प्रीति विर्सिएर विरानो भो
पर्ख न पर्ख भन्दाभन्दै ढल्केछ उमेर बेसरी
जिन्दगीको भारी विसाउ भन्दैछ देउराली।
तिमी पनि जून पनि उस्तै थियौ जमानामा
व्यूझएर कयौँ रात अँगालेथेँ सपनामा
थाहै नपाई वितेछ लौ तिम्रो र मेरो जवानी
जिन्दगीको भारी विसाउ भन्दैछ देउराली।