~हरी गौतम~
चाँहीदैन जितबरु, स्विकार गर्छु हार मलाई..!!
तिमी खुसी भईदिए, नदीनु भो प्यार मलाई..!!
बिच बाटोमा देखी कहीले,तिव्र घृणा जाग्यो भनें
सहन्छु म अझै पनी, दिनु पिडा हजार मलाई..!!
साँचो माया गरी तिम्लाई,ठुलै गल्ती गरेकै थें
अझै मन नभरीए,घोषीत गर्नु गद्धार मलाई..!!
रहर छैन वाच्न पनी, तिमी मेरी नभयसी
झुक्काएर दैवले नी,लाग्छ गरोस प्रहार मलाई..!!
आफ्नै मूटु टुक्रा वनाई,पल-पल तड्पी वाच्नु भन्दा
हे ईश़्वर लैजाउ आजै, बरु मृत्यु स्विकार मलाई..!!
हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )