~ध्रुब सापकोटा~
हामीहरू हलमा बसेमा छौ । हामीहरू दुःखित छौ । हामीहरू चिन्तित छौ । हामीहरू निराश छौ । हामीहरू किर्ंकर्तव्यविमूढ छौ । हामीहरू बसेको हलमा मधुरो उज्यालो छ । त्यस उज्यालोमा एक अर्कालाई देख्न सकिन्छ । उज्यालाका आवाजहरू कम हुदै गएका छन् । अँध्यारोका आवाजहरू बज्न थालेका छन् । अध्यारोका आवाजहरू छरिन थालेका छन् । अँध्यारोका आवाजहरू सुनिन थालेका छन् । वस्तुहरूको आफ्नो आकार हराउँदै गएका छन् ।
हलसगै लहरै कोठाहरू छन् । ती कोठाहरूमध्ये एउटा विशेष कोठा छ । त्यो कोठामा एक जना मान्छे मात्र राखिन्छ । त्यस कोठामा राखिएको मान्छे कहिल्यै घर र्फकंदैन । त्यस कोठामा राखिएको मान्छेस“ग दोहोरो संवाद हँदैन । त्यस कोठामा राखिएको मान्छेसँग मान्छेको व्यवहार गरिँदैन । देउताको व्यवहार गरिन्छ । त्यस कोठामा मेरी आमा छिन् ।
हलमा छु । म जुरुक्क उठ्छु । म त्यो विशेष कोठामा जान्छु । मलाई घरिघरि आमाको दर्शन गर्ने इच्छा जागेको छ । आमालाई सेतो कपडाले पूरै ढाकिएको छ । अब उनलाई निस्सासिने डर छैन । अब तिनी चिन्तामुक्त भएकी छिन् । अब तिनी अस्तित्वको सङ्र्घष्ाबाट सदाका लागि मुक्त भएकी छिन् । म तिनको अनुहारतिर ढाकिएको सेतो कपडा हातले विस्तारै हटाउ“छु । म तिनको अहिलेको अनुहारमा हिजोको अनुहार छामिरहेको छु ।
हिजो आमा अर्कै कोठामा थिइन् । अर्को कोठामा आमा मात्र थिइनन्, त्यो अर्को कोठामा अरू तीन जना थिए । म आमाको ओछ्यान नजिकको स्टुलमा बस्छु । मैले सुन्तला लगेको छु । मैले स्याउ लगेको छु । मैले अङ्गुर लगेको छु । मैले हर्लिक्स लगेको छु । आमाको ओछ्याननजिक एउटा दराज छ । म त्यसमा आफूले लगेका सामानहरू राख्छु । झ्यालबाट बाहिर बिरामी भँगेरा देख्छु- त्यसका प्वाँखहरू जम्मै खुकुलिएका छन् । त्यो चरा उडिरहेको छैन । बिरामीको अनुमान मैले यही आँटले गरेको हो । त्यसको रक्षार्थ कोही छैन् ।
– “आयौ -” आमा भन्छिन् । आमाले हरेकपल्ट म यहाँ आउँदा यही भनेकी छिन् ।
– “आए“,” म भन्छु । मैले हरेकपल्ट यही भनेको छु ।
– “तिमी र मलाई यस वर्षबिरामी हुने योग परेको रहेछ,” आमा भन्छिन् ।
– “त्यही त,” म भन्छु । म आमास“ग बढी छलफल गरेर चिन्तित तुल्याउन चाहन्न । म आमालाई सुन्तला दिन्छु ।
– “खान्न,” आमा भन्छिन् ।
– “अलिकति त खानोस्,” म भन्छु ।
– “खान मन नै छैन,” आमा भन्छिन् ।
– “साँच्चै तिमीलाई के भएको -” आमालाई मेरै चिन्ता छ ।
– “मेरो ठूलो रोग होइन । रक्तचाप बढेको हो,” म भन्छु ।
तिनी सुतेको नजिकै खाटमा एउटा पुरुष छ । ऊ सिरानीमा अढेस लगेर बसेको छ । त्यहा“ पुरुष र नारीको लागि छुट्टै व्यवस्था छैन । मेरी आमाको भन्दा यसको उमेर बढी छ । त्यो मान्छे एक्लै छ । हाम्रा आपसका कुरा सुनिरहन्छ । उसले हाम्रो सम्बन्ध थाहा पाएको छ । हामी आमा-छोरा एउटै घरमा बस्दैनौँ भन्ने कुरा हाम्रो कुराकानीबाट त्यसले अनुमान लगाएको हुनर्ुपर्छ ।
– “तपाईं खानुहुन्छ -,” म उसलाई सुन्तला देखाउँदै सोध्छु ।
– “हुन्छ । खान्छु,” ऊ भन्छ । म उसलाई सुन्तला दिन्छु । उसले मीठो मानी खाएको देखेर मेरो मन प्रसन्न हुन्छ ।
– “अर्को पनि खानुहुन्छ -” म भन्छु । ऊ अर्को पनि लिन्छ र राख्छ ।
– “तपाईंको घर कहा“ हो -” म भन्छु । मलाई आफ्नै देशको भूगोलको जानकारी छैन । म पर्यटक भएर कतै जानसकेको छैन ।
– “एकदिनको मोटरको बाटो,” ऊ भन्छ ।
– “ठाउ“ भन्नोस्न,” म भन्छु ।
– “पाल्चोक,” ऊ भन्छ । यो ठाउँको नाउँ सुनेपछि पहाडको गन्ध पाउ“छ ।
– “कति भयो तपार्इं यहाँ आएको -” म प्रश्न सोध्छु ।
– “एक हप्ता,” ऊ भन्छ ।
– “एक हप्ता मात्र -” म भन्छु ।
– “पहिले पनि तीन महिना बसेर गएको,” ऊ भन्छ ।
– “यहाँबाट यसरी जान आउन मिल्छ -” म प्रश्न गर्छर्ुु
– “डाक्टरको अनुमति लिएर गएको,” ऊ भन्छ ।
– “किन गएको त -” म प्रश्न गर्छर्ुु म उसको जवाफले विविधामा परेको छु । रोग निको भएको भए फेरि फर्केर आउने कुरा थिएन ।
– “नियास्रो लागेर,” ऊ भन्छ ।
– “कस्तो नियास्रो -” म प्रश्न गर्छर्ुु
– “आफ्नो घर, परिवार सबै हर्ेन मन लाग्यो,” ऊ भन्छ ।
– “तपाईंलाई कसले हर्ेछ त -” म प्रश्न गर्छर्ुु
– “मलाई हर्ेन त डाक्टर र नर्स छन्,” ऊ भन्छ ।
उसका कुरा आमा सुनिरहेकी छिन् आमालाई उसका कुराले सान्त्वना दिएको छ । जाने आउने सम्भावनाको ढोका खुलेको छ ।
– “मलाई पनि घर जान मन लागेको छ,” आमा भन्छिन् ।
– “रोग लिएर किन जाने – निको पारेर जान वेस,” म भन्छु ।
– “घरमा फूलहरू रोप्नु थियो,” आमा भन्छिन् ।
– “अझै पनि हाम्रा घरमा फूलहरू छन् -” म प्रश्न गर्छर्ुु म घरमा नगएको वषार्ंर्ैैबतिसकेको छ । घरको बारेमा धेरै कुरा बिर्सन लागिसकेको छु ।
– “छन्,” आमा भन्छिन् । आमाले घा“टीमा सुनको सिक्री लगाएकी छिन् । औ“लामा औ“ठी छन् । नाडीमा सुनको बालाहरू छन् ।
– “आमा यसरी सजिएर किन आएकी होलिन् -” आमा कुनै उत्सवमा सरिक हुन आएकी देखिन्छिन् । अस्पतालमा आउ“दा यस्तो किन गरिएको होला, खुल्दुली लागिरहन्छ । म माइलो भाइलाई यो प्रश्न गर्छर्ुु
– “के थाहा – मेरो घरमा बसेको भए पो थाहा हुन्थ्यो,” उसको यो भनाइ थियो । यही प्रश्न मैले काइ“लो भाइलाई सोधे“ । उसको पनि यही जवाफ थियो । मैले यही प्रश्न कान्छो भाइलाई सोधे“ । उसको पनि यही जवाफ थियो । ऊ आफूलाई आमाको नजिकको ठान्थ्यो । ऊ आमाको बढी प्यारो छ । मलाई पनि लाग्थ्यो ।
– “आमा † तपार्इंले किन यसरी टन्न सुन लगाएर आएको -” उसले सोध्यो ।
– “यत्रो वर्षछि म तिमीहरू बसेको सहरमा आएकी छु । म यो अस्पतालको ओछ्यानमा केही दिन बस्ने हो । त्यसपछि केही दिन तिमीहरू चारै जनाको घरमा पालैपालो बस्छु । तिमीहरूको परिवार ठूलो छ । जन्मदिन कसको कहिले पर्छ । बिहे नै आफन्तको त्यहीबेला पर्ला । आफन्तहरू सजिएर आएका हुन्छन् । भलाकुसारी हुन्छ । मलाई कच्चै देख्दा तिनीहरूले के भन्लान् – तिमीहरूकै इज्जतका लागि मैले यो सब गरेकी ।” आमाको यो जवाफ भाइले हामीलाई पछि सुनाउ“छ ।
आमा अहिले पनि पूरै सजिएकी छिन् । म हेरिरहन्छु । मेरो मन थामि“दैन । म भावुक हुन्छु । म तिनको मुख हर्ेछु । म हलमा आउ“छु ।
– “तपार्इंहरू के गर्नुहुन्छ अब -” नर्सले हामीलाई सोधेकी छे ।
– “हामीहरू सल्लाह गरेर बताउ“छा“ै,” म भन्छु ।
– “प्रमाणपत्र लिने -” ऊ प्रश्न गर्छर्ेे
– “प्रमाणपत्र बनाउन त डाक्टर चाहिन्छ, होइन र -“
– “यहा“ पहिले नै डाक्टरले सबै बिरामीको प्रमाणपत्रमा सही गरिसकेको हुन्छ,” नर्स भन्छे ।
– “किन यस्तो गरेको त -” म भन्छु ।
– “कुन बेला कसलाई चाहिन्छ, झन्झट नहोस् भनेर,” नर्स भन्छे ।
– “हुन्छ,” म भन्छु । मुत्यु प्रमाणपत्रको आवश्यकता मैले देखेको छैन । आमाको नाउ“मा केही छैन । जे छ बुबाको नाउ“मा छ । एम्बुलेन्सका लागि भने यो आवश्यक छ । त्यसकारणले मैले हुन्छ भनेको हो ।
– “के गर्ने -” भाइ मलाई प्रश्न गर्छ ।
– “मेरो विचारमा यहा“बाट सकभर छिटो जानु वेस,” म भन्छु ।
भाइ आफन्तहरूलाई जनाउ दिन फोन गर्छर्ुु पहिले त ऊ पिताजीलाई फोन गर्छ । पिताजी अर्कै सहरमा छन् । उनी आउने सम्भावना छैन । अहिले रातको १२ बजिसकेको छ । तिनीहरू सबैको न्रि्रा ब्रि्रन्छ । तिनीहरूलाई आर्यघाटमा जाने सल्लाह दिन्छ । यसमा पनि उसलाई समस्या पर्छ । कति बजे जाने भन्ने अप्ठ्यारो पर्छ । एम्बुलेन्सले उसलाई तत्काल नै आउने जनाउ दिन्छ । एम्बुलेन्सको समयअनुसार तत्काल नै आर्यघाट जाने सुझाव आफन्तहरूलाई दिन्छ ।
हामीहरू एम्बुलेन्स कुरेर बसेका छौ“ । सबै आफन्तलाई खबर गरिसकेका छौ“ । हामीहरू झन् अधर्ैय बनेका छौ“ ।
एक घण्टा बित्छ । एम्बुलेन्स आइपुग्दैन । हामीहरूस“ग गर्ने कुरा धेरै छन् । आमाको यस अवस्थाले सबै कुरा दबिएका छन् । हामीहरू चुपचाप बसिरहेका छौ“ । हाम्रा आफन्तहरू आर्यघाट पुगिसकेका हुनर्ुपर्छ । फेरि म एम्बुलेन्सलाई फोन गर्छर्ुु
– “ड्राइभर आउनासाथ पठाउ“छु,” एम्बुलेन्स सञ्चालक भन्छ ।
– “अघि किन यही कुरा नभनेको त -” म उसलाई भन्छु ।
– “आइहाल्ला भन्ठानेर,” ऊ भन्छ ।
– “अब हामी के गरा“ै त,” म भन्छु ।
– “म पठाउ“छु । तत्काल नै पठाउ“छु । ऊ आउनासाथ पठाउ“छु,” सञ्चालक भन्छ ।
हामीहरू असहाय बनेका छौ“ पूरै असहाय । एम्बुलेन्सको कारणले रोकिएका छौ“ । ड्राइभर मस्त न्रि्रामा हुनसक्छ । ड्राइभर कतै भट्टीमा बसेको हुनसक्छ । जे पनि हुनसक्छ । अर्को एक घण्टा बित्छ । एम्बुलेन्स आउ“दैन । फेरि म त्यस एम्बुलेन्सको सञ्चालकलाई फोन गर्छर्ुु उसको जवाफ त्यस्तै छ । मलाई रिस उठ्छ ।
– “तपार्इंहरू २४ घण्टे सेवा किन भन्नुहुन्छ -” म सञ्चालकस“ग बहस गर्छर्ुु
– “ड्राइभर नै आउ“दैन म के गरु“ -” ऊ भन्छ ।
– “अहिले कुनै सुत्केरीको मामिला भएको भए के हुन्थ्यो – कुनै दर्ुघटना भएको भए के हुन्थ्यो – कुनै आगलागीको अवस्थामा के हुन्थ्यो -“
– “मृत्यु,” सञ्चालक भन्छ ।
– “तपार्इंले यसरी गैरजिम्मेवार कुरा गरेर सुख पाउनुहुन्छ -” म प्रश्न गर्छर्ुु
– “यस देशमा जसले जे गरे पनि हुन्छ । कसैलाई केही ह“ुदैन,” ऊ भन्छ ।
– “देशको कुरा किन ल्याउनुहुन्छ – तपार्इं आफ्नो कर्तव्य किन गर्नुहुन्न – हरेक कुरामा देशको कुरा ल्याउने -” म झा“ेकिन्छु ।
– “तपाईं मलाई के गर्न सक्नुहुन्छ -” उल्टो प्रश्न गर्छ ।
– “म के गरु“ त -” म मथ्थर हुन्छु । म फोन राख्छु । अर्को एम्बुलेन्सलाई फोन गर्छर्ुु बिहान ६ बजेपछि मात्र सेवा सुरु हुने जवाफ पाउ“छु ।
हामीहरू हलमा बसेका छौ“ । बीचबीचमा भाइहरू पालैपालो आमाको त्यस कोठामा जान्छन् । आमालाई एक्लै छोड्न हुन्न भन्ने उनीहरूको भनाइ छ । आफ्नो पालो पुर्याउ“छन् । र, फर्केर आउ“छन् । मबाहेक सबै रोइरहेका छन् । र्
नर्स सुतिरहेकी छे । त्यसले हामीलाई प्रमाणपत्र दिइसकेकी छे । आमास“ग बसेको त्यो वृद्ध बिरामी कोठाबाट चियाउ“छ । हिजो मात्र मैले आमाका लागि ल्याएको फलफूलहरू देखेको छु । उसले अहिलेको हाम्रो अवस्था थाहा पाइसकेको छ ।
– “लाउनोस् । यो सब तपार्इंलाई,” म झोला नै उसलाई दिन्छु । ऊ चुपचाप लिन्छ ।
एउटा भाइ अर्कै एम्बुलेन्स लिन बाहिरिएको छ पहिलेको त्यो एम्बुलेन्स त बिहानसम्म पनि आउ“दैन । रातभर हामी सुतेका छैना“ै । बिहान चिया खाने मान्छे हामी । खादैनौ“ । हामीलाई मृत्युको वैराग्यले ढाकेको छ । एउटा भाइ आर्यघाटमा व्यवस्था मिलाउन गइसकेको छ । हामीहरू आमालाई त्यस विशेष कोठाबाट निकाल्न एम्बुलेन्सको खाट ल्याउ“दै । आमालाई सेतो कपडासहित त्यस खाटमा राख्छौ“ । हामी आमालाई सीधै ब्रह्मनालमा पुर्याउ“छौ“ । आमाको मुखबाट सेतो कपडा हटाउ“छु । तिनको मुखमा पवित्र जल हाल्छु । म आमाको शरीरमा एउटा पनि सुनको गहना देख्दिन“ । कहा“ गए ती गहनाहरू – कानको मुन्द्रीसम्म छैन । राती आमालाई सुताएको त्यस कोठामा हामीहरूले पालैपालो कुरेका छौ“ । रोएका थियौ“ । अहिले ती सुनका गहना कहा“ गए † आमालाई श्रद्धाञ्जलि दिइरहेको छु । यस प्रश्नले मलाई छाडेको छैन । हामीबाहेक त्यस कोठामा कोही गएको छैन । कोठामा बस्दा म भाइहरूको सामुन्नेमा यो प्रश्न राख्छु । जवाफ म सबैबाट अनभिज्ञताको मात्र पाउ“छु । कसैले पनि त्यो सुन लिएको स्वीकार्दैन । मस“गै भाइहरू पनि प्रश्न गर्छन् । प्रश्न सबैका छन् । जवाफ कोहीस“ग पनि छैन । कोरामा यस्ता कुरा गर्न नपर्ने । म कुरा गर्न बाध्य छु । यस देशका हामी ठूला मान्छे । मरेकी आमाको त्यो सुन कहा“ गयो – हामी जिम्मेवार मान्छे । हामी इमानदार मान्छे । त्यो कहिल्यै पाइ“दैन । अरूलाई भन्दा लाज हुन्छ ।
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ११५)