कथा : बिहेको निम्तोमा

~सुबिन भट्टराई~Subin Bhattarai

माघको महिना थियो, झन् त्यहाँ माथि बिहानैदेखि आकाश धुम्म थियो । सिरक छाडेर पटक्कै उठ्न मन लागेको थिएन । तर त्यो दिन बिहेका ६ वटा निम्तो परेकाले कुल परिवारको ४ जनाको सङ्ख्यालाई निम्तो मान्न जाने ठाउको बाँड˚ाँड गर्दा धन्न मेरो भागमा चैँ यौटै मात्र प¥यो र त्यसमा पनि खुशी हुने कुरो के थियो भने त्यो बिहेको निम्तो मान्न जाने ठाउँ टाढा नभइ छिमेकीकै घर थियो । यो सब भागबन्डा अघिल्लै दिन तय भैसकेको थियो । अनि हाम्रो परिवारको चलन के थियो भने कार्डमा ‘सपरिवार’ वा ‘चुु’ लेखिएको भएतापनि १ जना भन्दा बढी त्यहाँ उपस्थित नहुने । तर यो नियम अत्यन्त नजिकको नातेदारको हकमा लागु हुन्नथ्यो—अर्थात् त्यहाँ भ्याएसम्म सपरिवार नै उपस्थित हुन्थ्याँैै, त्यो भन्दा त केही दिन अगाढिदेखि काम सघाउन गइएकैै हुन्थ्यो, त्यो भिन्न कुरो ।

त्यो दिन मैैले जानु पर्ने निम्तो ‘छोरी’ को तर्˚बाट बोलाइएको थियो र बिहे यस्तैै १२ या १ बजेको हुँदो हो । छिमेकी युवतीसित मेरो राम्रै सम्बन्ध थियो । हामीमा उमेरको त्यस्तो पार्थक्य केही बढ्ता छ जस्तो लाग्दैनथ्यो । तर सबभन्दा मिल्ने कुरा के भने ऊ पनि म्यानेजमेन्टकी छात्र थिई । यसैैैले ऊ कहिले काँही मेरो घर आउँथी स्ट्याट सिक्न । म स्ट्याटमा पहिलेदेखिनै जान्ने थिएँ । ऊ पनि मलाई एकाउन्टका न्युमेरिकल सिकाइ दिन्थी । म पनि कहिले काँही उसको घर जान्थेँ । हाम्रो कलेज भने भिन्न थियो । तर पनि कहिले काँही घर फर्किदा सýýंयोग बस् ऊ र म एकै ठाउँ माइक्रो बस कुरेर बसिरहेका हुन्थ्याँै र हामी सँगै फर्किन्थ्यौँ । विशेÈ गरि हामी जाँचको बेलामा सँगै हुन्थ्याँै । हाम्रो घनिष्ठतालाई दुबै परिवारले राम्रै रुचाएको थियो । पछि ब्याचलर्स सकेपछि म मास्टर्स ज्वाइन गरँे तर उसको यसरी बिहेको निम्तो आयो । र सायद मास्टर्सलाई उसले अलिक पर पन्छाइ । यसरी हाम्रो घनिष्ठताका अनेक आधारमा अघिल्लो रातमा उसको बिहेको निम्तोमा जान मलाई खटाइयो ।

बिहानै पौने नौ बज्दा पनि म ओछ्यानमै छु । तीन चार दिनदेखि दारी काटेको छैन । अनुहार कालो छ । सोच्छु भातसात खाइ सकेपछि दारी काटेर नुहाउने छु । ननुहाएको पनि ठ्याक्कै तीन हप्ता भएछ । जति जाडो भए पनि पानी तताएर भएपनि नुहाउनै पर्छ । घरका अरु सदस्यहरु अघिनै निस्किसकेका थिए । उनीहरुको निम्तो सबै बेहुलातर्˚बाट थियो ।

एक्कासी घन्टी बज्यो । सिरकबाट हात झिकेर फोनको रिसिभर उठाउनै मन लागेन । उता घरका महिला सदस्यहरु हा˚ ब्लाउज र सारी मात्रै लगाएर जन्ती गएका थिए । मलाई मात्र यस्तो जाडो किन ?

मरीतरी फोन उठाएँ । फोनमा सुनेका कुराहरुले मलाई बडो स्तब्ध तुल्यायो । फोनमा मलाई एउटा मृत्युको समाचार सुनाइएको थियो । मृत्यु मेरो साथीको थियो । ऊ मर्दै छ भत्रेपनि मलाई थाहा भैसकेको थियो तर पनि त्यो सत्य मेरा निम्ति ग्राह्य भइ रहेको थिएन । हातखुट्टा काँपेको जस्तो भयो । मुटु ढुकढुक भयो, एकदम नर्भस भएँ म । मृतक मेरो सहपाठी थियो । हुन त मृतकलाई मैले चिनेको छ महिना पनि भएको थिएन तर पनि दैनिक उसित उठबस हुन थालि सकेको थियो र हाम्रो मित्रता घनिष्ट हुने दिशामा तीव्रतर उन्मुख थियो । झन् त्यहाँमाथि हिजो म उसलाई टिचिङ्ग हस्पिटलमा भेटेर आएको थिएँ । उसलाई ˚ल्मिनान्ट हेप्याटिक ˚ भन्ने डायग्नोसिस गरिएको रैछ । ठ्याक्कै म पुगेकै बेला तीन चारजना डाक्टरहरुको समूह आएका थिए । सबभन्दा प्रौढ डाक्टर उसका विद्यार्थीहरुलाई भनिरहेको थियो—प्रोटिन इज विइ¨ विथड्रन, दिस इज अ केश अ˚ एक्युट म्यासिभ नेक्रोसिस क्यारेक्टराइज्ड बाइ हेप्याटिक इन्सेºयालोप्याथि एन्ड दिस इज अ सिभिएर केश । म झस¨ भएँ उसको पछिल्लो कुरा सुनेर । सिभिएर इन्सेºयालोप्याथि यस्तो केश हो जहाँ बिरामीको मृत्यु हुने सम्भावना ८0 % भन्दा बढ्ता हुन्छ । र उसले मृत्युसýँग सङ्र्घÈ गर्दै त्यसलाई पराजित गर्न उसित २०% भन्दा कम संभावना छ । ˚र्कने बेलामा मैले मनमनै कामना गरेँ— उसको २०%भन्दा कम सम्भावनासितको सङ्र्घÈ पूर्ण स˚ल होस् । तर मेरो कामना खेर गयो । ८०% धेरै हो । धेरैका अघिल्तिर थोरै धेरै सानो हो यसर्थ ऊ म¥यो ।

फोनमा टिचिंग¨बाट उसको लाश आर्याघाटतर्˚ लैजान आँटेको भन्ने खबर आएको थियो । मैले कम्पनयुक्त आवाजमा ‘म आउँदै छु, लाश आर्याघाट तर्˚ लाने क्रममा बीच बाटोमा भेट्छु’ भनेर भने ।

हतनपत सिरक  ढोकाको किल्लामा झुण्ड्याइराखेको सर्ट र ज्याकेट लगाएर ढोकामा ताल्चा ठोकेर घरबाट निस्केँ । छिमेकी युवतीको घर झिलिमिलि सजीसजावट थियो तर त्यसलाई आँखाले देखेपनि त्यसको सम्प्रेÈण मस्तिष्कसम्म स्पष्ट हुन सकेन । मस्तिष्कभरि मृतक साथीको अनुहारमात्र नाचि रह््यो । उसित कलेजमा बितेका दिनहरु, लघु—साहचर्य र सामीप्यता मस्तिष्कमा लुकामारी खेलेझैँ खेलि रह्यो । उसको मृत्युले आज मलाई कमजोर बनाइ रहेछ । घरमा भात पाकेको थियो, त्यो तर्˚ त मेरो ध्यानै गएनछ । बिहान पाकेको भात जस्ताको तस्तै अवस्थामा भएको कुरा एकैचोटी बेलुकी मात्रै थाहा भयो ।

मैले मलामीलाई एकैचोटी सुकेधारामा भेटेँ । म मलामीको पछिपछि लागेँ । आर्याघाट पुगियो । उसलाई जलाइयो । उसका आ˚न्त जन शोकमग्न थिए । आमा रोएको रोयै थिइन । करीब बाह्र बजेसम्ममा काम सकियो । सबै आ–आÏनो बाटो लागे । म भने जय बागेश्वरी निस्केर सिधै गाडी चढेर घर आएँ ।

शरीरमा सिकसिको लागि रहेको थियो । मलामी गएर आएपछि नुहाउनु पर्छ— यो मलाई केटाकेटीदेखि नै थाहा थियो । उसैपनि आज मेरो नुहाउने योजनै थियो । तर ˚रक यो भै दियो कि पानी तताएर नुहाउने योजना, चीसै पानीले नुहाएँ । किन किन आ˚ैँलाई सास्ती दिनुपर्छ भन्ने लाग्यो र मनमा के भावना आयो भने आ˚ूलाई जति बढी सास्ती दियो उती उत्कृष्ट शोक हुन्छ भन्ने भयो । सधैँ अरुलाई कपडा धुवाउँथेँ त्यो दिन सबै कपडा आ˚ैँ धोएँ ।

त्यसपछि छिमेकी युवतीको बिहेमा जानुपर्छ भन्ने याद आयो । मैले बिहेमा जाने तर केही पनि नखाने निधो गरेँ । निस्कने बेलामा घरभरि छ्याप्छ्याप्ती खोजेँ कतै घरवालाहरुले बेहुलीलाई दिने गढ्धुवा राखिदिएका छन् कि भनेर तर कतै केही भेटिन । सबैका मोबाइलमा ˚ गरेर सोधेँ तर कसैले चासो दिएनन् र जे मन लाग्छ त्यही दे भनेर टारे । घरभरि खोजेर हेरेँ केही दिन लायक कुरा छ कि भनेर तर केही पनि भेटिएन । कप प्लेट सब पुराना थिए । स्टिलका थाल प्लेट सब कतै न कतै कुच्चिएका वा कोरिएका थिए । दिन लाएक कुरा केही थिएन । अन्तिममा एउटा खाम खोजेर पैसा दिन खोज्दा गोजीमा बीसको नोटमात्र बाँकी रहेको पाएँ । सम्पूर्ण गोजी छामेर हेर्दापनि बीसभन्दा बढी भेटिनँ, एक्काइस पु¥याउन पनि सकिनँ । अतः बीसकै नोट खाममा सर्लक्क हालेर एकजोर लुगा दराजबाट झिकेर लगाइ बिहे घरतर्˚ हुँइकिएँ ।

बिहे घर झकिझकाउ थियो । बिहेको दिन बिहे घर झकिझकाउ नै हुन्छ—यो अनौठो कुरो होइन । सब ओहोर दोहोर गरिरहेका थिए । कसैलाई फुर्सदै थिएन । मलाइपनि ˚ नभएकाहरुसँग बोल्ने रुचि भएन । कोही कोही भने आफैं बोल्न आइरहेका हुन्थे । मलाई त तिनीहरुसित पनि बोल्न मन लागिरहेको थिएन जो मसित ‘के छ, कसो छ?’ भन्ने प्रश्नहरु ग्रिरहेका थिए । म मात्र ठीक छ भनेर अरु प्रश्न नसोधुन् भन्ने हिसाबले पन्छिरहेँ । बेहुलीका आमाबाबु जग्गे वरिपरि नै के के मिलाउनमा व्यस्त थिए, मलाई भने बेहुलीलाई भेटेर बीसको नोट थमाउनु थियो त्यसैले उनै व्यस्त बाबुलाई बेहुली कुन कोठामा भएको भन्नेबारे सोधेँ । बुढो मेरो अनुहार पनि राम्ररी नहेरी ‘आÏनै कोठामा’ भन्ने ठाडो उत्तर दिइ आÏनै काममा व्यस्त भैरह्यो । संभवत बुढोले मलाई नहेरेकोले को हो भनेर चिनेन पनि । मलाइ बुढोको रुखो व्यवहारप्रति रीस उठ्यो र अनायास बुढोलाई निहुरि रहेकै अवस्थामा चाकमा लात्ताले हानेर लडाइ दिउँ जस्तै लाग्यो । तर मनमा जे लाग्यो त्यो सब गर्न सकिन्न, यसर्थ बेहुलीको कोठातर्˚ लागेँ, जन्ती अहिलेसम्म आइ सकेको थिएन ।

बेहुलीको कोठामा थुप्रै केटीहरु थिए । अझ ताज्जुबको कुरो त के भो भने सबैको लुगाको रङ्ग उस्तै र एउटै जस्तो भएकाले मलाई एकछिन त बेहुली कुन चैँ हो भन्नेमा नै शङ्का लागि रह्यो । बल्ल तल्ल बेहुली छुट्याउन स˚ल भएँ । बेहुली मलाइ देखेर मुसुक्क हाँसी, मलाइ भने उस्तो हाँस्न मन लागिरहेको थिएन । तैपनि देखावटी हाँसो हाँसेँ र केही बोल्नुपर्छ भन्ने ठानेर भनेँ— नयाँ बैबाहिक जीवनमा बाँधिन लागेकी छ्यौ, धेरै धेरै बधाइ र शुभकामना ।

‘धन्यबाद’ उसले आफ्नो मुस्कुराहटलाई केही बढाउँदै भनी ।

त्यसपछि गोजीबाट बीसको नोट भएको खाम झिकेँ । खाम हेर्दा बीसको नोटको रङ्ग खाम बाहिरैबाट महसुस गर्न सकिने किसिमको झैँ मलाइ लाग्यो । र केही शर्म लाग्यो, कसैले थाहा पाउला कि भन्ने लागेर । बेहुलीको हातमा खाम पुग्यो र बेहुलीले आÏनो देब्रेपटि बसेकी युवतीलाई खाम जिम्मा लगाइन् । युवतीले खाम खोलेर भित्रपटि चियाइन् र ब्यागमा राखिन् । मलाई झन् लाज लागेर आयो यो दृश्य देखेर । तत्कालै बेहुलीलाई गएँ भनेर म त्यो कोठाबाट बाहिर निस्केँ र बाहिरपट्टि आएर पालमुनिको प्लास्टिकको कुर्सीमा बसेँ । मेरो मन भुत्भुताइरहेको थियो । कस्ती बेसोमती केटी, पाखे पैसाको मुखै नदेखे जस्तो । राँडीलाई जगल्ट्याउनु जस्तो लाग्यो । नखर्माउली कुकुरनी ।

जन्ती आइ पुगे । सब गेटमा झुम्मिन गए । आइमाइहरु एक आपसमा कानेखुशी गर्दै हिँडे । मलाई भने बसेको ठाउँबाट उठ्नै मन लागेन त्यसैले पालमुन्तिरको कुर्सीमै बसिरहेँ । कोही कोही जन्ती हेर्न जाउँ भन्दै थिए तर मलाई पटक्कै मनै लागेन । त्यहाँमाथि म मृतक साथीलाई सम्झिरहेको थिएँ । उसले आउँदो बैशाखमा पोखरा घुम्न जानुपर्छ भन्ने कुरा उठाएको थियो र हामी त्यसमा सहमत भैसकेका थियौँ । ऊ मुखै नजीकै आएर बोल्दा उसको शाश गन्हाउँथ्यो । ऊ एकदमै दुब्लो र ख्याउटे थियो र त्यसमाथि नाक चुच्चो थियो । बास्केट बलको राम्रो खेलाडी थियो ऊ ।

त्यसपछि मेले भरखरै अघि आर्याघाटमा उसकी आमा रोएको दृश्य सम्झेँ । त्यसले झन् मलाई मर्माहत बनायो । आमा ठुल्ठुलो आवाजमा ‘मेरो बाबा मेरो मुटुको टुक्रा अब म कसका लागि बाँच्नु’ भनेर छाती पिट्दै रोइरहेको आवाज राती सुत्ने बेलामा लामखुट्टेले कानैमा आएर कराएको ‘भुनुनुनु’ आवाज जस्तै कानैभरि गुन्जिरह्यो । मलाई असहय भयो । त्यसपछि मैले मृतकको जलाउनु भन्दा अघिको अनुहार सम्झेँ । एकदमै ˚ र सुन्निएको थियो अनुहार, चिन्न गाह्रो पर्ने गरि ।

‘लाइनमा बस्न जाने हैन, खाने बेला भयो त ?’

म झसङ्ग भएँ । एउटा अर्को छिमेकी भोज खानलाई लाइन बस्न जाउँ भन्दै थियो । मलाइ पटक्कै खाउँ छैन । मासुका गन्धहरु सुँग्धै वाक्क आउला जस्तो भैराख्या छ । मुखमा केही हाल्न मन लागिरहेको थिएन ।

मैले भनें ‘तिमी जाउ लिएर आउ, म यहीं बसिराख्छु, मलाइ अहिले मुखमा केही हाल्न मन छैन ।’

‘ठीक छ’ भनेर ऊ गयो र खानेकुराहरु लिएर आयो । उसको प्लेट टनाटन थियो । दश बीस चोक्टा त मासु नै थियो । बस्ने बितिकै पैले मासुबाटै सुरु ग¥यो । चार पाँच टुक्रा खाइ सकेपछि मात्र पुलाउ र काउलीतर्˚ हात बढायो । खानेकुरा ५०% खाइसकेपछि मात्र उसलाई मसित बोल्ने ˚ भएछ । पहिले सोध्यो— किन सन्चो छैन जस्तो देखिन्छौ ?

मैले भनेँ—हैन सन्चै छु, त्यस्तो केही हैन ।

‘हैन दाह्री टन्न पालेका छौ नि’ –उसले फेरि भन्यो ।

‘काट्न भ्याइँन, त्यस्तै प¥यो’ मैले आफ्नो दाह्री खेलाउँदै भनेँ र त्यतिखेर उसले भनिसकेपछि मात्र मलाई दाह्री नकाटेको होस भयो नत्र नुहाइ सकेपछि दाह्री म अवश्य काट्नेथेँ ।

त्यसपछि उसले पोलिटिक्सका कुरा झिक्यो । एकछिन देशलाई गाली ग-यो, नेताहरु एकएकलाई ठोक्नुपर्छ भन्यो र १, २ टुक्रा मासुसहितको अरु खानेकुरा (जुन उसले खाइ सकेन) को प्लेट भुइँमा राखिदियो र डका¥यो । उसको डकार मलाई नराम्ररी गन्हायो, मैले रुमाल झिकेर नाक थुनेँ । त्यसपछि ऊ उठेर गयो र दही र रसबरीको प्लेट ल्यायो र कपाकप खान थाल्यो ।

हामी बसि रहेको ठाउँमा बेहुलीकी आमा क—कस्ले खायो खाएन सोध्दै आउँदै थिइन् । मलाई पनि ‘बाबुले खानु भो ?’ भनेर सोधिन् । मैले पनि खान मन छैन भनेँ । उनी अझ करकाप गर्दै थिइन् मैले एक छिनमा खान्छु भनेर टारे।फेरि एकछिनमा बेहुलीका काका आइपुगे सबैलाई उसैगरि सोध्दै । लगभग सबले खाइ सकेको अवस्था थियो, कोही खाँदै थिए, कोही लाइनमा उभि रहेका थिए । मलाई उसै गरि प्रश्न सोधियो । मैले एकछिनमा खान्छु भनेर टारें । ब्यान्ड बाजा चर्कोगरि कानको जाली नै फुटाउनेगरि बजिरहेको थियो । मोराहरुलाई गएर हप्काउन मन लाग्यो ।

म जहाँ बसेको थिएँ त्यहाँबाट टसमस नगरिकन बसिरहेँ । मेरो मृतक साथी मेरो मस्तिस्कमा चियाउँदै लुक्दै गरि रहेको थियो । मेरो ध्यान पनि मात्र त्यतिमै केन्द्रित थियो । बिहेको रमझममा त म केवल उपस्थित मात्र भैदिएको थिएँ, कर्तव्यका खातिर, प्रतिनिधित्वका खातिर ।

त्यसपछि बेहुलीका दुइ जना बहिनीहरु आएर मेरो छेवैमा बसे र भने ‘दाइ तपाइँले किन केही नखानु भाको, दिदीको अर्कै मान्छेसित बिहे हुन लाग्या भनेर हो ?’

ती केटीहरु यसो भनेर खितितिति हाँसेर भागि हाले । मलाई यिनीहरुको कुराप्रति खासै त्यस्तो केही वास्ता लाग्दैन, किनकि यिनीहरु पहिलेदेखि नै मलाई र उनीहरुको दिदीलाई जोडेर जिस्क्याइ राख्थे ।

उता धमाधम बिहेको काम भैराखेको थियो, म टाढाबाट देखि रहेको थिएँ । यतिखेर बेहुला र बेहुलीको गोढा धुइदै थियो । बेहुलीको देब्रेपट्टि उही अघिकी गवार बेसोमती, नखर्माउली केटी थिई । बेहुली आÏनो गोढा धोएपछि आएको दक्षिणाको खाम उसैलाई दिइरहेकी थिइ । बेहुला केही प्रौढ देखिन्थ्यो । जुँगा पालेको, भुँडी उछिट्टिएको र तालु खुइलिएको ।

धेरै बेरपछि बेहुलीका बाउ मतिर आएको देखेँ । मैले बूढोलाई नदेखे जस्तो गर्न बिहेको मण्डपतिर ध्यानपूर्वक हेरिरहेँ किनकि मलाई बूढोदेखि अघिदेखि नै रीस उठिरहेको थियो । तर मेरो छेवैमा आइसकेपछि त्यो नाटक गर्न सम्भव भएन ।

बूढो मेरै अघिल्तिर उभिएर मलाई हेर्दै भनिरहेको थियो—बाबु, अब जे हुनु भइहाल्यो, छोड्दिनु, अलिकति जति सकिन्छ त्यति खाइ दिनु, सबले खाइसके ।

म छक्क परेँ । यो जे हुनु भइ हाल्यो को के अर्थ । के हुनु थियो वा थिएन र के भयो, र यसमा मैले के र किन छाड्नु । म मलामी गएको आएको कुरा कसैलाई भनेको छैन, तैपनि कसैले थाहा पायो कि भन्ने लाग्यो ।

मैले बूढालाई सहज ढङ्गले भनेँ— हैन मलाई पटक्कै खान मन छैन, मन भए अघि नै खाइ हाल्थेँ, तैपनि एकछिनमा भोक लागेमा आफैं खान्छु, चिन्ता नलिनुस् ।

बूढो पक्का है त भनेर केही कन्भिन्स हुँदै गयो । यता मलाई भने तबसम्म पनि मुखमा केही हाल्न मन लागेको थिएन । अलिकति भोक लाग्या जस्तो भएर आए तापनि ˚ त्यो मृतक साथीको अनुहार सम्झन पुग्थेँ, मन अमिलो भएर आउँथ्यो र घाँटीसम्म उलुक्क भरिएर आउँथ्यो ।

म एक्लै बसेको देखेर होला बेला बेलामा कोही न कोही मेरो छेउमा आएर एकछिन बसेर ग˚ गरेर जान्थ्यो । कतै न कतै कोही न कोही मतिर हेर्दै कानमा खासखुस गरेका पनि देखिन्थे । मलाई यतिखेर भने अपशोच लागिरहेको थियो । यति यौटा दाह्री काटेर आएको भएपनि हुन्थ्यो । हुलिया वास्तवमै ट्रेजिडी परे जस्तै लागेको थियो ।

मसित आएर बस्दै गर्दै जानेहरुको क्रममा यौटा इन्जीनियर आइ पुग्यो । ऊ पनि छिमेककै मान्छे थियो । उसले पनि एकछिन पोलिटिक्सका कुरा ग¥यो, देशलाई धिक्का¥यो र नेताहरुलाई एक एकलाई भुट्नुपर्छ भन्ने जस्ता कुराहरु ग¥यो र त्यसपछि भन्यो ‘यी केटीहरुको विस्वासै हुन्न । एउटासित लभ गर्छन्, अर्कैसित विहे गर्छन् । आखिर यो पनि यस्तै निक्ली ।’

‘यो’ भन्नाले उसले त्यही बेहुलीपट्टि इसारा गर्दैे थियो ।

मलाइ कुतुहल भयो, सोधेँ ‘अनि लभ चैँ कोसित गरेकी रैछ ?’

उसले एकछिन मेरो अनुहारमा हे-यो र भन्यो ‘के स्वाङ गरेको नि, थाहा नपाए जस्तो गरेर । सबलाई थाहा रैछ, मलाई मात्र भरखरै थाहा भयो, मपनि सोझै रैछु ।’

मलाइ पनि टोलको यत्रो ठुलो चर्चा आफुलाई अहिलेसम्म थाहा नभएकोमा पछुतो भयो र थाहा पाएजस्तै गरी लेघ्रो तानेर एककककककक भनेँ र इन्जीनियरको मुखमा हेर्दै भनेँ ‘त्यस्तै हुन् दाइ आजकालका केटी ?’

इन्जीनियर गयो । एकछिनमा मैले नचिनेका एक हूल आइमाइ आएर मेरो पछिल्तिर बसेर दही र रसबरी खान थाले । यौटी अलिक प्रौढ झैँ लाग्ने आइमाइले बेहुलीतर्फ हेर्दै भनी ‘हेर न कस्तरी हँसिलो हुन सकेकी केटी π’

अनि के त बिहे हुने केटीहरु रुनै पर्नै भन्ने छ ।’ अर्की भरखरकी करीब करीब बेहुलीकै उमेरकी केटीले भनी ।

‘कुरो त्यसो होइन, भइराख्या केटोलाई कसरी पन्छाएर अर्कैसित जान सकेकी भन्या ।’

‘हो र π को रैछ अर्को केटा ?’ अर्की सोध्छे ।

‘खै यतैतिरको कुन चैँ घरमा बस्ने रे । सँगसँगै बसेर पढ्दा पढ्दै लभ परेको अरे ।’

मलाई भने अब च्वास्स बिझेर आयो । लाग्यो यी सम्पूर्ण कुराहरुको निसाना म नै हुँ । कस्ता असमझदार मानिसहरु । मलाई औधि लाज लागेर आयो । मैले अब मेरो मृतक साथीको अनुहारधरि बिर्सन लागेँ । बिहानदेखिको खाली पेट, भाउन्न भएर आयो । त्यो माहौलमा मलाई एकछिन पनि बस्न मन लागेन, जुरुक्क उठेर हिड्न खोजेँ । बेहुलीको आमा मतिर आइरहेको देखेँ, जम्काभेट भयो । बेहुलीकी आमाले मलाइ भनिन् ‘पैले थाहा पाउन पाएको भए हुन्थ्यो , अब केही गर्न सकिन्न , हिड्नुस् बाबु अलिकति जुठो मुख लगाएर भए पनि जानुस् ।’

मैले भनेँ— त्यस्तो केही हैन अन्टी, सबजनाले गलत बुझ्नुभो, नराम्रो हल्ला बढी भयो ।

बेहुलीकी आमाले रुँदै भनिन्—मलाई पनि त्यै कुराको अपशोच छ बाबु, समय बितिसकेपछि नराम्रो हल्ला भो, जोरीपारी हास्ने भए ।

एकैछिनमा यौटी आइमाइ आएर बेहुलीकी आमालाई तानेर लगिन् । म भने त्यसपछि कसैकोपनि वास्ता नगरेर कुलेलाम ठोकेँ ।

घरमा आएर खाटमा पल्टिएं मेरो आजको अनुभूति, बिहेको माहौलमा भन्दा मलामी जाँदा बढ्ता सहजता थियो, स्वभाविकता थियो । एकछिनमा म निदाएंछु, उठ्दा बेहुली अन्माइसकेका थिए । भोली पर्सीपल्ट सुन्नमा आयो, अन्माइने बेलामा बेहुलीले मलाइ खुब सोधिछिन् ।

(स्रोत : रचनाकारको पहिलो पुस्तक कथाकी पात्रबाट साभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.