गजल : नमुनामा आ’को छैन

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

झल्लु नै छु अहिले सम्म नमुनामा आ’को छैन
अरू जान्छन तितर बितर मैले रेष्ट पा’को छैन ।

जति खेल्यो पिटी परेड सधै मेहनत गरे पनि
भन्नु हुन्छ गुरूबाले अझै दुरूस्त भा’को छैन ।

देश र जन्ताको सेवा गर्ने अनि घर चलाउने
सप्ना छन् त्यसैले त भाग्नै मन ला’को छैन ।

आमा बुबा रिजाउदै झुप्रो छानो छाउछु भनि
आए जागिर खान तर अझै छानो छा’को छैन ।

षङ्घर्श यो गर्नेनै छु गर्दै छु म कुशल तालिम
बुझेकै छु प्यासी धाउछ खोला कहिले धा’को छैन ।

लेखन मिति २०६९।०८। १० गते ( तालिमरत समय )
इलामेली टीकाराम दुलाल
नक्साल

(स्रोत : रचनाकार स्वयम्ले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.