~विरबहादुर के.सी ‘अपराजय’~
जलजलाको बक्षस्थलमा
फूलेका लालिगुराँसहरुमा
समयको परिवर्तनसँगै
एकहुल मान्छेहरु
गुट र उपगुटका नाराहरु लगाउँदै
जलजलाको आत्ममा छुरा हान्दै
यतिबेला
यत्रतत्र सर्बत्र
प्रतिगमनका गीत निरन्तर गाइरहेका हुनेछन् ।
हिजो अस्ति सम्म
तिम्रो बृक्षस्थलमा
आश्रय लिएर
रमाउने मनहरु
कुन्नी अजाकिएर हो कि ?
यतिवेला
आदिम ओडारहरु खोज्दछन्
म कसरी स्वीकार्नु सक्छु ?
तिनीहरुलाई,
महान उद्देश्य लिएर
सचेत चेतः भएर
दौडिएका हुन् भनि
त्यसैले
निभेको आगो बलाउनेहरु
फुटेका मन जोड्नेहरु
फाटेका तन टाल्नेहरु
मृत्युमा जीवन देख्नेहरु
चक्रमन्न अँध्यारोमा पनि
उज्यालो बुझन्नेहरु
शान्ति भित्रबाट पनि
विजय देख्नेहरु
सहिदको बलिदानलाई आत्मसाँक्षी राख्दै
मल्ल कालिन इतिहास पढ्दै
गुट फुट र अनेकता होइन
सहि बिचारमा एकाकार भएर
अजाकिएका मनहरु ब्यूँझाउँदै
सिकन्दर, भुसोलिनी र बोकासावादी चिन्तन विरुद्ध
खबरदारी गर्दै
सचेत क्रान्तिकारीहरु
एकाकार भएर अघि बढ्नुको विकल्प के हुन्छ र ?
(स्रोत : रोल्पा समाचार साप्ताहिकको २०७४ साउन ८ गते प्रकाशित अङ्क)