लघुकथा : श्रीपेच र ढाका टोपी

~निश्चल काउचा~Nischal Kaucha

म एक हप्ता अघि भृकुटीमण्डपको पुस्तक प्रदशनी मेलामा पुस्तक अबलोकन गर्दै थिए । केही मन परेका पुस्तकहरु किन्ने सोचाईमा थिए । प्रदशनी हल भित्र छिरेको बिस मिनेट पनि भएको थिएन । बन्दुक भिरेका बर्दिदारीहरु आएर हलबाट निस्कने उर्दी जारी गरे । एकछिन भन्दा भन्दै पनि धकेलेरै हामी निर्दोष मनुवाहरुलाई बाहिर निकाले । बाहिर हेर्छु त झन बन्दुके बर्दिधारिहरुको रमितै छ ।

यस्तै दृश्य पहिला पहिला राजाका पालामा देखेको थिए । आज फेरी उस्तै दृश्य देखेको थिए । छेउकै एक भलादमीलाई सोध्छु :- होईन आज के हुँदैछ यहाँ ?

भलादमीको जवाफ आउछ :- केही भएको छैन । पहिला श्रीपेच लगाउनेको सवारी हुँदा यस्तो दृश्य देखिन्थ्यो । आज ढाका तोपी लाउनेको सवारी हुँदैछ । त्यसैको तयारी हुँदैछ छ यहाँ ।

मेरो मगजले सोच्न थाल्यो आखिर जनताकै छोरो त भाएका हुन राष्ट्रपती होईन हो उन्को निम्ती पनि किन यत्रो सेक्युरितीको आवश्यकताको किन पर्‍यो । जनताको छोरालाई जनताकै किन यत्रो डर , त्रास ? मेरो मगजले गम खाईरयो ।

-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.