~रुमन न्यौपाने ‘अमन्त’~
कल्पना गर ।
तिम्रा आर्द्र आँखाहरु
मैले कसरी सजाउने छु ।
तथापी,
म चित्रकार होईन
कदापी तिमीलाई बनाउन सक्ने ।
युगौं युग तिमीलाई फुल संझे ।
आज आर्दश मान्दैछु ।
मलाई संझना छ
तिम्रो तस्बिर बनाएको ।
बादलमा,
अनी रुखहरुमा ।
कस्तो अचच्म !
नाङगो आँखाले शरिर नाप्छु ।
त्यो नथाकीने मरुभुमी हो ।
तिम्रो पाईताला हेर्छु ।
शरिर चुम्छु ।
बस,
यो नओईलाउने चिन्तन हो ।
कलाको अपुर्ब योजना
तिम्रो छबि बनाउने ।
हरेक याममा शोभायमान तिमी
मैले बनाउने,
मैले मान्ने,
प्रंशसनीय आकर्षण तिमी ।
तिमीलाई देखेर,
प्रकृती लालसा गर्छ रे !
मलाई ईश्या छैन ।
खै किन,
तिम्रो मञ्जुल भाबमा
शब्द कोर्ने गर्छ रे ।
यो भुल हुँदैन ।
तिमीले मञ्जुरी दिएकी थियौ ।
तिमीलाई उज्यालो रङ्गहरुले बनाउनेछु ।
तिम्रो ओठहरु सजाउने छु ।
पुर्ण कदमा बनाउनेछु ।
बाचा गर!
मोहिनी रुपमा लठ्ठाउने छैनौ ।
मेरो भुमीका गौण छ ।
म त पेन्सिल समाउछु,
तिमीलाई बनाउन
तिमीलाई सजाउन ।
शुर्दशन त तिम्रो हो ।
मेरो उपस्थिती त सुन्य छ ।
आज एक्कासी,
तिम्रो तस्बिर काँपेको देख्छु ।
लयालु ओठहरु सुकेको देख्छु ।
मैले ओठहरु चुमेर हो की ?
मोहक लाली उडेको देख्छु ।
माफ गर!
भुल भएकै हो ।
तिम्रो तस्बिर कोर्दा कोर्दै
यो कलाकार प्रेममा परेकै हो ।
तर,
याद गर
त्यो तस्बिरको पृष्ठभुमीमा
मैले आफुलाई पनी बनाएको छु ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)