कविता : विर्खे, दमाई साईला र काजीमान

~प्रमोद स्नेही~

त्यो विर्खे,
दिनहुँ उसको सरिरमा वुट वर्सिन्छ
लठ्ठीहरू भाँचिन्छ
तर उ,
चुपचाप पीडाहरू सहिरहन्छ,
दुखाईहरू खेपिरहन्छ
र पर्खन्छ योभन्दा अँझ थप पीडाहरू–दुखाईहरू
किनकि उसलाई थाहा छ
योभन्दा अँझ खतरनाक पीडाहरू वाँकी नै छ
कारण – उसले काजीलाई ढाँट्यो रे…।

त्यो दमाई साईला,
उसको आफ्नो भन्नु कुनै खुसी छैन–सपनाहरू छैन
अर्थात,
आफ्नो पेवा जीवन नै छैन,
उसको पसिना, सपना र जीवन सित्तैमा वेचिएको छ
उसको जीवन अरुकै लागि वाँचेको छ
किनकि,
ऊ जन्मनु अगावै
उसको – जीवन, खुसी र सपनाहरू निलामी भएकोछ
कारण– यसको वावाले साहुलाई ठग्यो रे…।

त्यो काजीमान,
उसको – आफ्नै खुसी छ
आफ्नै जीवन छ
उसको जीवन, खुसी र सपनाहरू कसैले निलाम गर्न सक्दैन
उसको सरिरमा कुनै वुटहरू वर्सिदैन,
लठ्ठीहरू भाँचिदैन
ऊ दिनहुँ स्यावासि र तालिवाट पुरस्क्रित भइरहन्छ
फुलमालाले सम्मानित भइरहन्छ
कारण– उसले देश ढाँटेको छ
पूरै देश नै ठगेको छ …।

– प्रमोद स्नेही श्रेष्ठ
अर्खौले – ५ खोटाङ्

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.