~सुषमा मानन्धर~
समाजको आँखामा अहिले ऊ एउटी अपराधी। समय र परिस्थितिले उसलाई दिएको अर्को एउटा परिचय। उसले एउटा हातले छोरी डोर्याएकी थिई , उसको अर्को हातमा हथकडी थियो। अगाडि सडकका किनार र घरका झ्याल ढोकामा थुप्रै मानिसहरु उसैलाई हेरिरहेका थिए। नानाथरी मानिसका नानाभाँतिका कुरा। नचाहँदा नचाहँदै पनि उनीहरुले गर्दै गरेका कुरा र लाएका आरोपहरु पग्लिएको तातो शिशासरह उसका कानभित्र पसिरहेका थिए। त्यहाँ सवै अपरिचितहरु मात्र थिएनन्। ती रमितेहरुमा भन्नलाई त उसका सासु ससुरा, नन्द र छिमेकीहरुका अनुहारहरु पनि थिए तर त्यहाँ उसका निम्ति सहानुभूतिका कुनै उष्णता थिएनन्। चिसो अनि उपेक्षित हेराई। वर्षौसम्म जहाँ उसले कुनै अपनत्व पाइन,त्यहाँ आज उसले कुनै सहाराको अपेक्षा पनि कसरी गर्न सकोस् ?
उसले टक्क अडेर त्यो घरलाई हेरी, उसको आफ्नो घर। कम्तीमा ऊ आफू चैं यही सोच्थी केही समय अघिसम्म। त्यो घर जहाँ उसले विहे पछिका पाँच सात वर्षरु दुःख सुख गरी बिताई, आज पर्राई झैं उसको पीडामा निर्लिप्त ठिङ्ग उभिएको थियो। उसले घरमा माथि हेरी सडक पट्टि तेस्रो तल्लामा रहेको उसको कोठाको झ्याल बन्द थियो। बार्दलीमा खिया लागेर फुस्केका फलामका केही डण्डी भुंइ छाडेर झुलिरहेका थिए। रंग उडेर फिका भैसकेका घरका बाहिरी भित्ताहरु ऊ झैँ फुंग उडेका उदास देखिन्थे।
अनायसै विगतले झ्याल खोेलेर उसलाई सुस्तरी बोलायो र ऊ फर्की आठ वर्षपछाडि।
त्यो बेला ऊ स्कूलमै पढ्थी, नौ कक्षामा। उसैको कक्षामा पढ्थ्यो एउटा सम्पन्न परिवारको केटा जो हठी र निर्भिक थियो ,जोसंग सबै सहपाठी डराउँथे, ऊ मात्र डराउन्न थिई। शायद उसको त्यही निर्भिकताले हो दुबैमा छिटै निकटता बढ्दै गयो। मित्रता भएको केही समयमा नै उसको स्कूल, छरछिमेकतिर त्यस कुराले धेरै चर्चा पायो। धनी बाउको एक्लो पुल्पुल्याइएको छोरोसँगको सर्म्पर्क ,सवैको चासोको विषय थियो। बाटो हिड्दा चिनेजानेकाहरु उसका कुरा काट्थे ,ज्यादै मशहुर र फास्ट रहिछ भन्ने कमेन्ट गर्थे। स्कूलमा सबै, त्यही सहपाठीको नाम लिई जिस्काउँथे। उसलाई त्यो सहपाठी राम्रो लाग्थ्यो,मन पनि पथ्र्यो। ऊसंगको उसको प्रेम आफै चुलिनु भन्दा पनि वरिपरिका त्यसले पाएको चर्चाले बढी उक्सियो।
अधकल्चो उमेर र अपुरो पर्ढाई ,घरमा त्यो कुरा थाहा पाएपछि सबैबाट त्यसको विरोध भयो। उसलाई त्यो सम्बन्ध तोड्न दवाब पनि दिइयो। कत्ति दिन उसलाई कुटेर कोठैमा थुनियो पनि। तर उसले कसैको परवाह गरिन। मानौ संसारमा ऊ भन्दा दोश्रो अर्को पुरुष नै नभए सरि दश कक्षामा पढ्दा पढ्दै उसले भागी बिहे गरी।
विहे के गरी त्यसपछि दुर्भाग्यसंग नाता नै जोडिन गयो उसको। बिहे पछि शुरुका केही वर्षरु त ठीकै बिते। यद्यपि घरपरिवारका सदस्यहरुले बेजातकी र भागेर आएकी केटी भनेर उसलाई दिनुपर्ने स्नेह, इज्जत दिंदैनथे , उसका श्रीमानको व्यवहार त्यो बेलासम्म ठीकै थियो। कम्तीमा खाइस् कि खाइनस् भनी सोधी खोजी गर्थे उसको। उसले आफूलाई सान्त्वना दिन त्यति पनि पर्याप्त नै थियो।
थर्ड डिभिजनमा एसएलसी पास गरेका उसका श्रीमानलाई त्यसपछि पढ्नमा भन्दा व्यापार व्यवसायको सनक चढ्यो। उसले भनेकी पनि हो, पहिले पढाइ सकाउनु भनेर। नपढी न बुध्दि पलाउंछ न कुनै इलम भेटिन्छ। उसको कुरै नसुनी उनले साझेदारीमा व्यापार थाले। उही त हो, खट्न सके पो राम्रो हुन्थ्यो। सब कुरा अर्कोलाई विश्वासमा सुम्पेर आफू अल्लारेहरुसंग सडक नाप्नमा बढी व्यस्त रहन थालेपछि व्यापारमा विस्तारै घाटा हुन थाल्यो। त्यतिमै चेते त हुन्थ्यो तर उसका श्रीमानको घैंटामा घाम लाग्न सकेन।
सबैभन्दा बिगार उनलाई खराब संगतले गर्यो। साथीहरु पनि कस्ता मात्र थिएनन् उनका≤ उसलाई असह्य हुन्थ्यो। सवै जना उनी जस्तै खानु र पिउनु पर्ने। थोरै पिउने भए त ऊ आफै पनि कुनै गुनासो गर्दिनथी। तर उनी त नढलेसम्म पिउँथे। रक्सीले मातेपछि अनि कुनै विवेक बाँकी रहन्नथ्यो। त्यसपछि तथानाम गाली, शारीरिक यातना शुरु हुन्थ्यो उसको। दुखसुख सहंदै गरेकी उसलाई एक मुठिठ माया न श्रीमानले दिए न घरका अरु सदस्यहरुले। सवैजना उसको विरोधमा विपरित कुरा गर्थे। विना कुनै अपराध उसको किन उपेक्षा गरिन्थ्यो उसले कहिल्यै बुझ्न सकिन। उसलाई र्समर्थन र सहानुभूति गर्नुको सट्टा घरकाहरु गल्ती गरे पनि उल्टै आफ्नो मान्छे कै पक्ष लिन्थे। उनीहरुको शह पाएर उसका श्रीमान ऊबाट झन् टाढिंदै गए।
काखमा छोरी आइसकेकी थिई। घरको काम, मानसिक चिन्ता र पोसिलो खानाको अभावमा ऊ कम उमेरमा नै बुढी झै देखिन थालेकी थिई। उसप्रति गरिएको अमानवीय व्यवहार देख्दा ऊ छक्क पर्दै सोच्थी के यी तिनै व्यक्ति हुन् जो संग उसले प्रेम बिवाह गरेकी छ र जसको लागि उसले आफ्नो घर परिवारसंग व्रि्रोह गरेर भागेर आएकी छ। समयसंग मान्छे कसरी परिवर्तन हुन सक्दा रहेछन्।
बिहे भन्दा अघि उसको जुन निर्भिकता उसका श्रीमानलाई राम्रो लाग्थ्यो पछि त्यही गुण उसको दुस्साहस ठहरियो। आफनो अधिकार र अस्तित्वको लागि बोल्दा उसले मुखाले र बेसोमतीका उपमाहरु पनि पाउनु पर्यो। त्यही भएर उसले चुप लागी आफूलाई एकान्तमा सीमित पार्दै लान थाली। तै पनि उसले छुटकारा पाइन। उसलाई घमण्डी भनि प्रत्यक्ष अप्रत्यक्ष सुनाइन्थ्यो। श्रीमानले भर्खर भर्खर पिट्न शुरु गर्दा पहिला ऊ सहायताको लागि सासु ससुराकहाँ भन्न जान्थी। पोल लाउने भनी श्रीमानले झन कुट्न थाले। यस्तो बानी थाहा पाउँदा पाउँदै किन आएकी तँ नन्द, आमाजुहरुको व्यङ्गयात्मक प्रश्न हुन्थ्यो उसैलाई। आफूलाई कतैबाट पनि सहारा नपाइने देखेपछि उसले उनीहरुसँग हारगुहार गर्नै छाडी। मदत दिने भए पो सहयोगको अपेक्षा गर्नु≤ घरभित्र नै विरानो बनेकाहरुसंग के को आश।
कम्तीमा एसएलसी एउटा सकाएको भए हुने थियो उसलेे≤ आफनो अपूर्ण पढाइमा उसलाई निकै पल्ट पछुतो भयो। पर्ढाई पुगेको भए उसले यसरी हेपिएर बस्नु पर्दैनथ्यो। तर अहिले कतै कुनै जागिर खाइहाल्न पनि छोरी सानी, थोरै पढाइ… उसमाथि न त चिने जानेका मानिस नै कोही थिए।
हर रात रक्सीले मातेपछि उसका श्रीमान उसलाई तान्थे,किनकि उसलाई त्यो बेला एउटा शरीर चाहिन्थ्यो। विरामी छ कि अथवा थाकेकी या भोकी उनले कहिल्यै मतलब राखेनन्। उसका श्रीमान उसबाट पनि होटलका चँचलीहरुको जस्तो हाउभाउ र कटाक्षको अपेक्षा राख्थे। एकदिन त उसले लाइराखेकी सुनको सानो औंठीमा समेत कुदृष्टि राखे उनले। दिन नचाहेर भागी ऊ छिमेकीको घरमा समेत गएर लुक्न गै। लोग्ने स्वास्नी का झगडामा हेर्नुस हामी त बोल्दैनौं≤ हामीलाई नमुछ्नुस् है। आफै सुल्dmयाउनुस् यसलाई। कुनै पनि छिमेकीले उसलाई सहयोग गर्ने साहस र मनसाय देखाएनन्। दुनियां कति स्वार्थी छ। ऊ घरपरिवार र सबैबाट एक्लिई। माइतीमा धेरै दुख दिन ऊ चाहन्न थिई उसमाथि पनि उनीहरुसंग सहानुभूतिको आशा गर्नु र्व्यर्थ थियो≤ किनकी ऊ उनीहरुको तीब्र विरोधको बावजुद घरबाट भागेकी थिई।
सधैभरिको किचकिच, अभाव र रातोदिनको झगडाले निकैपल्ट उसले हरेश खाएर जीवनको अन्त्य गर्न खोजेकी पनि थिई, सानी छोरीको निर्दोष अनुहारले हरेक पटक उसलाई रोक्यो। श्रीमान शायद पछि सुध्रिहाल्लान कि भन्ने आश थियो उसलाई। तर उसको आशा सांचो हुन सकेन। उनी ऋणको भुमरी भित्र मात्र हैन रोगकै चपेटामा पनि पर्दै गए। घर परिवार यसको दोषी उसैलाई ठान्थे। कैलेकाहिं मनको बह कुनै साथीलाई पोखेर हल्का भए पनि जमेको फोहर पानी जस्तो जीवन एक्लो र आफ्नै पीडासंग डोर्याइरहेकी थिई उसले।
गर्मीको त्यो रात बेस्सरी गर्मी थियो अरु दिन भन्दा । ऊ घरधन्दा सकाइ खाटमा बसिरहेकी थिई । सधै झै उसका श्रीमान मातेर आए । खाना ल्यांउकी भनी उसले सोधी । खानु पिउनु बाहिरै सकिएको होला≤ उनी एक शब्द बोलेनन् । हुन सक्छ सुनेनन् । त्यसैले जुत्तै नखोली आउने वित्तिकै ओछ्यानमा ढलिहाले । ऊ भोकाएकी थिई तर श्रीमानको चालाले विरक्त बनेकी उसलाई खान मन लागेन । उसले श्रीमानको जुत्ता खोली दिई र बत्ति निभाई खाटमा पल्टी । विभिन्न तर्कनाहरु उठिरह्यो, कत्ति बेरसम्म निंद्रै लागेन उसलाई । पछि मध्यराततिर एक्कासी उसको न्रि्रा खुल्यो । बत्ति बालेर हेरी तब उसले जे देखी, त्यो कुराले उसलाई पागल बनाउन पर्याप्त थियो । नराधम † जसलाई उसको पति भनिन्थ्यो≤ रक्सीको शुरमै थियो अझै । निर्लज्ज उनी छोरीमाथि घोप्टिएर कुचेस्टाको प्रयास गर्दै थिए । उसकी छोरी आत्तिएर रुन थालेकी थिई ।
उसको पातलो र जीर्ण शरीरमा पनि त्यतिबेला खै कहांबाट त्यो शक्ति आयो । उसले श्रीमानको कठालो समाइ तानेर हुत्याई । बार्दलीको ढोका खुल्लै थियो । पर्दाबाट हुत्तिएर उनी बराण्डाको फलामे डण्डीमा बज्रिन पुगे । छेउका केही डण्डीहरु खिया लागी फुस्केका थिए । बरन्डाका ती कमजोर बारले उसका श्रीमानको जिउको भार थाम्न सकेनन् र उनी सिधै तीन तल्ला तल खसे सडकमा । ऊ संज्ञाशून्य भै । होशमा आउ“दा ऊ आफू बार्दलीमा बसिरहेकी थिई । घरका परिवार सब आत्तिएर रोइकराउ“दै थिए । सडकमा ठूलै भीड लागिसकेको थियो ।”सधंै झगडा भैरहन्थ्यो, आज मारिछाडिछ लोग्नेलाई ।” धेरै जना यसै भन्दैथिए ।
उठिरहेका कोलाहलभित्र सहानुभूति भन्दा पनि टिप्पणी र आलोचना बढी थिए । किन घटना घट्यो संग कसैले सरोकार राखेनन् ,बरु नपत्याउंदीले त्यो घटना गरी भनेर सवैले यसैलाई उचाले । सबैले ठहर गरे उसैले श्रीमानलाई बार्दलीबाट खर्साई । पतिहन्ता, हत्यारिणी यी धेरै उपमाहरुभित्र ऊ आफू हराइसकेकी थिई । उसको आफनो अस्तित्व त्यहांं कतै बांंकी थिएन । आठ वर्षअगाडिकी त्यो सुकुमारी केटीलाई, भविष्य विनाको त्यो धरातलसम्म पुर्याउन जो जो पनि जिम्मेदार हुन सक्थे ती सवै प्रतिक्रियाविहीन उभिएका थिए मानौं तिनीहरुको कुनै दोष नै थिएन ।
त्यो घर थियो ,कोठा अनि बार्दली …तिनीहरु जान्दथे त्यो यथार्थता तर तिनीहरु निष्प्राण थिए त्यसैले मौन । त्यहां बस्ने प्राण भएकाहरुले त केही बोलेनन् उसलाई बचाउन ,त्यही भएर उसले पनि ओठ खोलिन । रातको सत्य उसको छातीभित्र हिक्काहरुसंग दब्यो । “जाउँ छिटो” महिला प्रहरी उसलाई अघि जान तान्दै थिइन् । ऊ फर्की आफ्नो वर्तमानमा जहां उसंग वितेका वर्षरुको बदलामा उपलब्धिको नाममा सिर्फ शून्यता थियो र मात्र एउटा अभियोग । ऊ जेल जाँदै थिई,उसले स्वीकारेकी छ यो उसको प्रारब्ध हो । सवैभन्दा दुख उसलाई छोरीको निम्ति लागेको छ, ठूलो सजांय त छोरीले पाउने भई विना कुनै अपराध ऊसंग सजाएंको भागी भएर ।
March 15th, 2008
(स्रोत : माइ संसार डट कम)