कविता : अदृश्य

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

थाहा छैन
तर,
किन नहुनु
थाहा छ
एकदम थाहा छ,
यो मध्यानीमा
त्यो मध्यरातमा
एक्लो
सिर्फ एक्लो
म घोत्लिइरहँदा
चिन्तन नगरीमा
एकोहोरो
सलल हेलिइरहँदा
मुटु दुख्ने गरी
छाती सकल पोल्ने गरी
असह्य
भित्री पीडा दाग्ने गरी
फेरि,
मेरो आफ्नै
देह-साथी जस्तो
बेखबर, सुटुक्क आउने
त्यो मोरो
अखाद्य, तर
विशाक्त मलाई
रीसको अंश छ त्यसमा
घमण्डी हंस छ त्यसमा
किन नहुनु
एकदम थाहा छ
तर गजब
बडो अचम्म?
निमेस नबिराएर
झम्टन्छ, झम्टिइराख्छ
घाऊ देखिंदैन
त के भो ?
मन-शान्ति भंग छ
चिथोर्छ, चिथोरिराख्छ
शिथिल शरीर
उही त मेरो
यो फुकिढल
बस्
अब त केवल
पखेरु
उडिजाला जस्तो
त, के गर्नु ?
थाहा भएर
धित मर्ने गरी
एक चड्कन
हान्न सके पो
पक्रेर
ठिङ्गुर्याउन सके पो
अहँ
मेरो जोर चल्दैन
के गरुँ, कसो गरुँ
खालि
जिउँदो छट्पटी
निरन्तर
साथी बन्दो छ
खै, त्यही त
किन नहुनु
थाहा छ
तर,
रंगेहात समातेर
पाहा पछारे झैं
लाछीलाई
पछार्न नसकेपछि
उफ्
किन नहुनु
थाहा छ
तर, छैन।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.