~शान्ती सिंह शाह~
(यो हो गीत तिमीलाई
यो हो प्रीत तिमीलाई
सपनामा कथे थें
विपनामा गाएछु
सम्झी लेऊ फरर
हृदयको पाना गनेर)x2
(उडी हिंड्ने चरीले
नाची हिंड्ने पारीले )x2
मनको कुरा जानिन
हात मेरो थमिन
आएको छु मायालु
दिन्छौ कि त मनै सरर
यो हो गीत तिमीलाई….
(पछ्यौरीको छेउमा
मुटु मेरो अल्झेको )x2
हाँसो खेल्ने ओठमा
बिरह छ बसेको
दिलमा चयन छैन हजुर
आँखामा छ आँसु बरर
यो हो गीत तिमीलाई…
आश मेरो लामो छ
जिन्दगी यो छोटो छ
तिमीलाई पाउने
मात्र एक धिओको छ
कोशेली यो मायाको
बिन्ती छ है फिर्ता नगर
यो हो गीत तिमीलाई…..
शब्द : शान्ती सिंह शाह
स्वर / सङ्गीत : बच्चु कैलाश
टाईप : आविष्कार – साहित्य सङ्ग्रहालय