~सिसम पाण्डे~
मसान घाटमा सलो बलिरहेको थियो
सलो माथी मृत शरिर जलीरहेको थियो
मान्छे रुपी स्वार्थी मलामीको मन पनि
आखीर केहि रहेनछ भनि गलीरहेको थियो
आंखा एक टक सलामा अडियो ढड्कन उफ्रदै
आत्मा भड्कीलो पारामा यता उती चलिरहेको थियो
ठुटो जस्तै भो लास विस्तारै खरानी बन्यो
बुझे आफ्नै आत्माले आफैंलाई छलीरहेको थियो
– बर्दघाट नवलपरासी
नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )