~रुमन न्यौपाने ‘अमन्त’~
एउटा छबि
सुकोमल चरित्र मनमा ।
मनको साँधमा पुगेर
बह बनेर पोखि दिन्छ ।
कहिले काँहि चिआउने गर ।
मनको ढोकामा छेल्लिएर ।
बतास बहन छोड्छ तब,
शितलता आफै भित्र खोज्ने गर ।
कतै बयर घारिमा तिमी
लुकामारी खेल्दै हुन्छ्यौ ।
मैले सुसेली हाल्दा प्रिय
अंगालो हाल्न तिमी निस्क ।
छाति छेड्ने पिडाहरुमा ।
आफ्नो सहसा माया पोख ।
म त भन्छु, एउटा छबि
म भित्र नि खोज्ने गर ।
माया जोड्ने समयमा
तिमिलाई मुटु गोरेटो भयो ।
भिजाउने परेलिमा,
कहिले माया छोप्ने गर ।
म त भन्छुु एउटा तस्बिर
मुटु माझ राख्ने गर ।
आहातको खोल्सा भरि
मनको डुङगा पाँज्ने गर ।
म त भन्छु, मेरो तस्बिर
मुटु माझ राख्ने गर ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)