~मनोज न्यौपाने~
रात छिप्पिंदै गई प्रभात हुन्छ,
अन्तिम पछि फेरि सुरुवात हुन्छ ।
फेरि सुने तिमीलाई मनपर्ने गीत,
फेरि यी आँखाबाट वर्षात् हुन्छ ।
कसैले पागल भने भनूँन् मलाई,
कवि हुँ, पत्थरसँग पनि बात हुन्छ ।
गुलाफको काँडाले भनेको कुरा हो,
जीवनसँग मृत्यु सधैँ साथ हुन्छ ।
(स्रोत : चारतारा न्यूज डट कम )